Sunday 29th March 2026

निर्मला हत्याकाण्डः डिल्लीराज विष्ट अदालतमा उपस्थित


तिताेपाटी – कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्या प्रकरणमा सार्वजनिक न्यायविरुद्धको कसुर र यातनाविरुद्धको कसुर मुद्दामा फरार रहेका बर्खास्तीमा परेका एसपी डिल्लीराज विष्ट अदालतमा उपस्थित भएका छन् ।

अदालतको ३५ दिने सूचना जारी भएका बेला विष्ट मंगलबार निवेदनसहित अदालतमा उपस्थित भएका हुन् । अदालतको फरार सूचीमा रहेका दुई जनामध्ये  विष्ट मंगलबार निवेदन हित उपस्थित भएको कञ्चनपुर जिल्ला अदालतका श्रेष्तेदार हरिकृष्ण अवस्थीले बताउनुभयो ।

उहाँले विष्टको केही बेरमा बयान हुने र समय पुगे मंगलबार नै थुनचेक बहस हुने बताउनुभयो । अवस्थीका अनुसार विष्टसँगै फरारको सूचीमा रहेका केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)का डीएसपी अंगुर जिसी भने सम्पर्कमा आएका छैनन् ।

निर्मला पन्त हत्या प्रकरणमा विष्टसहित प्रहरी कर्मचारीविरुद्ध निर्मलाका आमा दुर्गादेवी पन्तले सार्वजनिक न्यायविरुद्धको कसुर र दिलिपसिंंह विष्टका दाजु खड्क विष्टले यातनाविरुद्धको कसुरमा गएको पुस ३ गते उजुरी दिनुभएको थियो ।

मुद्दाका अन्य प्रहरी कर्मचारीहरु प्रहरी नायव उपरीक्षक ज्ञानबहादुर सेटी, प्रहरी निरीक्षकद्वय एकिन्द्र खड्का र जगदिशप्रसाद भट्ट, प्रहरी नायव निरीक्षकद्वय हरसिंंह धामी र रामसिंह धामी र प्रहरी जवान चाँदनी साउद यसअघि जिल्ला अदालत कञ्चनपुरबाट धरौटीमा रिहा भइसकेका छन् ।

-उज्यालाे


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...