Friday 25th September 2026

१७ औं एमबि बमजन गोल्ड कप २२ र २९ मार्चमा खेलाईने


तितोपाटी – माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेतले यहि आउँदो मार्च २२ र २९ मा १७ औं एमबि बमजन गोल्ड कप फुटबलको आयोजना गर्ने भएको छ । क्लबको खेलकुद विभाग प्रमुख मोहन नाछिरिङ राइले सो कुराको जानकारी गराएका छन् ।

कुवेतको सम्पुर्ण नेपाली संघ-सस्थाका बुद्दीजीवी, भद्र-भलाद्मी, खेलप्रेमी दर्शक, खेलाडी, पत्रकार कलाकार साथै कुवेतवासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरूको साथ सहयोगको अपेक्षा गर्दै फेरि पनी क्लव यहाँहरूको माझ यहाँहरूकै इच्छालाइ आत्मसात गरेर यहाँहरुकै मनोरन्जन र खेल प्रति भएको यहाँहरुको झुकावलाई मध्यानजर गर्दै आगामी मार्च २२ र २९ तारिख शुक्रबारका दिन १७ औं बमजन गोल्ड कप कुवेतको फाहाहिल स्थित सनैया फुटबल मैदानमा खेलाईने भएको छ ।

कुवेतमा फुटबल खेल खेलाउन हिँजो मात्रै कुवेतको खेलकुद मन्त्रालयबाट स्विकृट प्राप्त भएको जानकारी गराउदै २ वटा शुक्रबार लगातार खेलाईने यस टुर्नामेण्टमा सहभागी हुन आयोजक क्लवले कुवेतस्थित सम्पूर्ण नेपाली फुटबल टिमहरुलाई अनुरोध गरेको छ भने खेलको टाईसिट कहिले र कुन दिन गर्ने वारे खेलकुद बिभाग प्रमुख मोहन नाछिरिङ राई ले छिट्टै जानकारी दिने जनाएको छ।

खेलकुद कार्यक्रमको विवरण 

आयोजक :माउण्ट एभरेष्ट स्पोर्टिङ क्लव, काठमाण्डौ-कुवेत
कार्यक्रम :१७ औं बमजन गोल्ड कप
स्थान : फाहाहिलको सनैया फुटबल मैदान
मिति :- २२ र २९ मार्च २०१९ (शुक्रबार )
समय :- बिहानको ठिक ८:०० बजे


सम्बन्धित शीर्षकहरु

पाकिस्तानले अफगानिस्तानका १० स्थानमा हवाई तथा ड्रोन हमला गरेको जनाएको छ। पाकिस्तानका सूचनामन्त्री अताउल्लाह तरारका अनुसार ती स्थानहरू ड्रोन लन्च…

संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा सम्बोधन गर्दै नेपाली प्रधानमन्त्री बालेन्द्र शाहले हालै नेपालमा आएको विनाशकारी बाढी र जलवायु परिवर्तनका असरबारे विश्व…

यमनका हुथी विद्रोहीहरूको आक्रमण बढ्दै गएपछि साउदी अरेबिया, टर्की र पाकिस्तानले आपत्कालीन उच्चस्तरीय बैठक गर्ने भएका छन्। तीन देशका विदेश…

प्रतिकृयाहरू
...