Sunday 17th May 2026

किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन सम्पन्न


तितोपाटी – किरात याक्थुङ चुम्लुङ कुवेतको आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन कुवेतको फवार्निया स्थित अडिटोरियम हलमा हिजो सम्पन्न भएको छ । हिजोको चौथो अधिवेशनले श्रीमती देबी चेम्जोङलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका छन ।

किरात याक्थुङ चुम्लुङका अध्यक्ष बलबहादुर काम्बाङको सभापतित्वमा सम्पन्न कार्यक्रममा कार्यक्रम संयोजक हरि लावतीले स्वागत मन्तव्य दिएका थिए, भने उपाध्यक्ष नरेन्द्र थाम्सुहाङले कार्यक्रम सञ्चालन गरेका थिए ।

आठौं बार्षिकोत्सब तथा चौथोे अधिवेशन कार्यक्रममा डिसी नेपालका माधब शाही, किरात राई यायोख्खा कुवेतका अध्यक्ष मञ्जीत राई, लुम्बिनी समाज नेपाल, कुवेतका अध्यक्ष रुपेन हमाल, तमु सेवा समाज कुवेतका अध्यक्ष राजु गुरुङ, संघिय लिम्बुवान सामाजिक मञ्च कुवेतका महासचिब सन्तोस राई, आदिबासी जनजाती महासंघ कुवेतका अध्यक्ष अमृत तमाङ, एनआरएनए कुवेतका अध्यक्ष सुमित्रादेबि पौडेल र नेपाली दूतावास कुवेतका राजदूत महामहिम यज्ञबहादुर हमाल लगायले शुभकामना मन्तव्य राखेका थिए ।

किरात याक्थुङ चुम्लुङ कुवेतले नेपाली दूतावास कुवेतका राजदुत महामहिम यज्ञबहादुर हमाल र धर्मपत्नी रिता हमाललाई दोसल्ला ओढाई कदर पत्रका साथ बिदाई गरेको थियो भने किरात राई यायोख्खा कुवेत र सुनुवार सेवा समाज कुवेतले पनि उक्त  कार्यक्रममा बिदाई गरेको थियो ।

कुवेतमा कार्यरत नेपालीहरुको बाक्लो उपस्थितिमा सम्पन्न  कार्यक्रममा महासचिव अर्जुन एक्तेन लिम्बुले चुम्लुङको कार्य प्रगती प्रतिवेदन, कोषाध्यक्ष ऐनारसिं आङलाबाट आर्थिक प्रतिबेदन र देबि चेम्जोङबाट कार्यनीति प्रस्तुत गरेका थिए ।

कार्यक्रममा स्थानीय कलाकारहरु साँस्कृतिक प्रस्तुतिले  उपस्थित अतीथीहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए भने अधिवेशनमा दुर्गा चेम्जोङको संयोजकत्वमा गठित तीन सदस्यीय निर्वाचन मण्डलले कार्यसमिति निर्वाचित घोषणा गरेको थियो ।

नयाँ कार्यसमितिको नामावली यस प्रकारको रहेको छ ।

संस्थापक संरक्षक
१. संरक्षक श्री पुर्ण चेम्जोङ
२. संरक्षक श्री दिपक खिम्दीङ
३. संरक्षक श्री दुर्गा चेम्जोङ
४. संरक्षक श्री कान्तिश्वर लिम्बु
५. संरक्षक श्री नेत्र लावती

सल्लाहकार समिति
१. सल्लाहकार श्री बल ब. काम्बाङ
२. सल्लाहकार श्री अरुण लिम्बु
३. सल्लाहकार श्री आर.पि. लिम्बु
४. सल्लाहकार श्री हरि लावती
५. सल्लाहकार श्री अर्जुन याक्तेन
६. सल्लाहकार श्री देउ कुमार लिम्बु
७. सल्लाहकार श्री नरेश नेम्बाङ
८. सल्लाहकार श्री सुमन लिम्बु

कार्यकारी समिति
१. अध्यक्ष श्रीमती देवि चेम्जोङ
२. उपाध्यक्ष श्री नरेन्द्र थाम्सुहाङ मिक्वा
३. उपाध्यक्ष श्री एनआर सिङ आङला
४. उपाध्यक्ष श्री रुद्र थोक्लेन लिम्बु
५. उपाध्यक्ष श्री लिला चेम्जोङ
६. महासचिव श्री अशोक योङहाङ
७. सचिव श्री अर्जुन जवेगु
८. सह–सचिव श्री आश बहादुर तिगेला
९. कोषध्यक्ष श्री बिजय लिम्बू
१०. सह–कोषध्यक्ष श्री पुर्णिमा पोमु
११. सदस्य श्री सुरितहाङ लिम्बु (तुतु तुम्याहाङ)
१२. सदस्य श्री दिल तुम्रोक
१३. सदस्य श्री दिल कुमार सुहाङ
१४. सदस्य श्री निरा कन्दवा
१५. सदस्य श्री बिरेन्द्र चेम्जोङ
१६. सदस्य श्री ईन्द्र मादेन
१७. सदस्य श्री बिरु लिम्बु
१८. सदस्य श्री दिनेश लिम्बु
१९. सदस्य श्री तिल लिम्बु
२०. सदस्य श्री मञ्जु लिम्बु
२१. सदस्य श्री पुष्पा लिम्बु
२२. सदस्य श्री प्रेम लिम्बु
२३. सदस्य श्री रवि चेन्जी माबो
२४. सदस्य श्री भावना लिम्बु
२५. सदस्य श्री लक्ष्मी थेगिम
२६. सदस्य श्री रत्न नेम्बाङ
२७. सदस्य श्री बिध्या चेम्जोङ
२८. सदस्य श्री हाङसिङ चेम्जोङ
२९. सदस्य श्री अर्जुन थक्लुङ लिम्बु
३०. सदस्य श्री बिमला नुगो
३१. सदस्य श्री अनिस लिम्बु
३२. सदस्य श्री इन्दिरा कन्दवा
३३. सदस्य श्री सुकमाया साम्बा


सम्बन्धित शीर्षकहरु

नयाँ दिल्ली मा भएको BRICS विदेशमन्त्रीहरूको बैठकमा इरान र युएई बीच तनाव खुला रूपमा देखिएको छ। इरानका विदेशमन्त्री Seyyed Abbas Araghchi ले…

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

प्रतिकृयाहरू
...