Sunday 25th October 2026

महामहिम राजदूत दम्पतीलाई भब्य विदाई


तितोपाटी – सुदुरपश्चिमेली नेपाली समाज कुवेतले हिजो कुवेत स्थित साल्मियाको डाम्पा रेस्टुरेन्टमा एक विशेष कार्यक्रमको आयोजना गरि महामहिम राजदुत यज्ञ बहादुर हमाल र उहाको धर्मपत्नी रिता हमाललाई सम्मान सहित भब्य बिदाई गरेको छ ।

सुदुरपश्चिमेली नेपाली समाज कुवेतका अध्यक्ष अमर खडकाको सभापतित्व र महासचिव निरुमाया खडकाको संचानलमा कार्यक्रम सम्पन्न भएको थियो,  भने कार्यक्रममा सम्पुर्ण पदाधिकारी र सदस्यहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा महामहिम राजदुत यज्ञ बहादुर हमाल र उहाको धर्मपत्नी रिता हमाल लाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेको थियो । त्यसैगरी सिर्जनशील युवा समाज कुवेतले पनि महामहिम राजदुत यज्ञ बहादुर हमाल र उहाको धर्मपत्नी रिता हमाल लाई दोसल्ला ओढाएर मायाको चिनो प्रदान गरेको छ ।

कार्यक्रममा बोल्दै महामहिम राजदुत यज्ञ बहादुर हमालले कुवेतको नगरिमा रहेर पनि कार्यव्यस्तताको बाबजुद पनि हरेक नेपालीको सुख, दुखमा साथ र सहयोग गरिरहेको र सुदुरपश्चिमको कला र सस्कृतीलाई प्रवासमा समेत झल्काउदै आइरहेको र आउदा दिनहरुमा पनि यसरी नै अगाडि बढ्नको लागि पनि सफलताको कामना गर्नु भएको थियो ।

कुवेतको नगरिमा  चार वर्षको  कार्यकालमा  कुवेतमा भएका सम्पुर्ण संघ – सस्थाको साथ र सहयोग प्रती पनि धन्यवाद व्यक्त गर्नु भएको थियो । आउदा दिनहरुमा पनि यसरी नै सबै मिलेर नेपालीको कला सस्कृती जिवित राख्न पनि अनुरोध गर्नु भएको थियो । यति धेरै माया पाउँदा पाउदै पनि आफ्नो कार्यकाल समाप्त भएर बिदाइ भएर नेपाल जादा धेरै दुख लागेको पनि बताउनु भयो । आफुले पाएको माया, ममता र  सम्मान लाई नेपाल गएर पनि कहिले नभुल्ने बताउनु भएको थियो ।

कार्यक्रमको अन्त्यमा सभापति अमर खड्काले कार्यक्रम भब्य र सभ्य रुपमा सफल पार्न उपस्थित सम्पुर्ण महानुभावलाई हार्दिक धन्यवाद व्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।


सम्बन्धित शीर्षकहरु

भारतको अरुणाचल प्रदेशमा प्रस्तावित विशाल जलविद्युत् आयोजना विरुद्धको आन्दोलन हिंसात्मक बनेपछि सुरक्षा अवस्था तनावपूर्ण भएको छ। चीनसँग सीमा जोडिएको हिमालय…

आगामी बिहीबारदेखि देशभर मौसममा बदली भई तीनदेखि चार दिनसम्म वर्षा हुन सक्ने सम्भावना देखिएको छ। मौसमसम्बन्धी विश्लेषणअनुसार बंगालको खाडीबाट विकसित…

जर्मनीको बाभारिया राज्यस्थित ऐतिहासिक केल्स्टाइनहाउस (Eagle’s Nest) भवनमा शुक्रबार राति भीषण आगलागी भएको छ। दोस्रो विश्वयुद्धका समयमा नाजी नेता एडोल्फ…

प्रतिकृयाहरू
...