Thursday 27th August 2026

मेस्सीलाई पाँचाैं पटक “गोल्डेन बुट” को उपाधि


तितोपाटी – बार्सिलोना फरवार्ड लिओनेल मेस्सीले पाँचौपटक गोल्डेन बुट अवार्ड जितेका छन् । गत सिजन ला लिगमा ३४ गोल गरेका मेसीले युरोपको सर्वाधिक गोलकर्ता बन्दै सो उपाधि जितेका हुन् ।

मेसीले मंगलबार एक कार्यक्रममा उपाधि ग्रहण गर्दै आफ्नो करिअरमा यस्तो सफलता हात पार्न सक्नेबारे पहिले नसोचेको बताए । ‘ मैले सुरुवातमा यो सबसोचेको थिईन । मेरो सपना एक व्यवसायिक फुटबल खेलाडी बन्ने थियो । सफलता हात पार्न सक्छु भन्ने विश्वास थियो, तर यहाँसम्म होइन,’ उनले भने ।

‘ म मेरो काम मन पराउँछु । मिहिनेत गर्न मलाई एकदम मनपर्छ र मेरा सहकर्मीको साथ् यो सबैमा सबैभन्दा महत्त्वपूर्ण छ,’ उनले थपे, ‘ म विश्वकै सर्वोत्कृष्ट टोलीमा रहेको छु । मसंग विश्वका उत्कृष्ट खेलाडी साथमा खेलिरहेका छन् । यसले गर्दा नै मैले व्यक्तिगत उपाधि सहज रुपमा जित्न सकेको छु,’ उनले भने ।

मेसीले यस उपाधिसँगै पोर्चुगलका क्रिस्टियानो रोनाल्डोलाई पनि उछिनेका छन् । रोनाल्डोले हालसम्म चार पटक मात्र उपाधि जितेका छन् ।

सन् २००० मा १३ वर्षको उमेरमै बार्सिलोना बाबुको साथ लागेर गएका हुन् । लाजालु स्वाभावका मेस्सी २००१ मा नै बार्सिलोनाको चर्चित फुटबल स्कुल ला मासियामा प्रवेश पाए । त्यहीबाट उनले फुटबलको ज्ञान पाए । मेस्सीले बार्सिलोना प्रवेश गरेको ४ वर्षमानै बार्सिलोनाबाट डेब्यू गरेका थिए । बार्सिलोमा प्रवेश गरेको ९ वर्षसम्ममा त मेस्सी चचित देलाडी बनिसकेका थिए ।

सन् २००९ मा मात्रै मेस्सीले बार्सिलोनालाई च्याम्पियन्स लिग, ला लागि, फिफा क्लब विश्वकप, स्पेनिस सुपरलिग, कोप डेल रे र युएफा सुपर लिगको उपाधि उचालेका थिए । आज सम्म मेस्सीले बार्सिलोनालाई २२ उपाधि दिलाइसकेका छन् । यस वर्ष मात्रै मेस्सीले बार्सिलोनालाई ला लागि र कोप डेल रेको उपाधि जिताई सकेका छन् । बार्सिलोनामा रहेर ९ सिजन खेलिसकेका मेस्सीले प्रत्येक सिजनमा ४० बढी गोल गरेका छन् । उनले २०११/०१२ सिजन लालिगामा सर्वाधिक ५० गोल गरेर गिनिज बुकमा नाम समेत लेखाउन भ्याइसकेका छन् ।

उनले पाँच पटक विश्वको सर्बोत्कृष्ट खेलाडीले पाउने बालोन डी’अर अवार्ड समेत जितिसकेका छन् । मेस्सीले सन् २००५ मा अजेन्टिनालाई फिफा यू–२० विश्वकपको पनि उपाधि दिलाए । त्यस्तै सन् २००८ मा चीनमा सम्पन्न भएको ओलाम्पिकमा उनले अर्जेन्टिनालाई स्वार्ण पदक समेत दिलाएका छन् ।


सम्बन्धित शीर्षकहरु

तिब्बततर्फबाट आएको ठूलो बाढी रसुवाको भोटेकोशी नदीमा प्रवेश गर्दा स्याफ्रुबेँसी र टिमुरे क्षेत्रमा व्यापक क्षति पुगेको छ। बाढीले बजार, सडक,…

पाकिस्तानको राजधानी इस्लामाबादस्थित सरकारी पाकिस्तान इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (PIMS) अस्पतालको नवजात शिशु वार्डमा आगलागी हुँदा कम्तीमा १५ नवजात शिशुको…

नोबेल पुरस्कार विजेता बेलायती भौतिकशास्त्री सर रोजर पेनरोजले हाम्रो ब्रह्माण्डभन्दा अघि पनि अर्को ब्रह्माण्ड अस्तित्वमा रहेको हुन सक्ने र त्यसको…

प्रतिकृयाहरू
...