Thursday 8th October 2026

नेपाल भलिवल क्लब कुवेतले आयोजना गरेको खुल्ला भलिबल प्रतियोगिता सम्पन्न, अल्घानिम कम्पनिले उपाधी हात पार्यो


तिताेपाटी – नेपाल भलिवल क्लब कुवेतकाे आयोजना तथा बहराइन एक्सचेन्ज कम्पनिको मुख्य प्रायोजनमा  हिजाे महाबुल्ला कुवेतमा आयोजित खुल्ला भलिवल प्रतियोगिताको प्रथम उपाधि अल्घानिम कम्पनिले जितेको छ।

हिजाे सम्पन्न प्रतियोगिताको फाइनल खेलमा म्याग्दी प्रवासी नेपाली संघ (माेना) म्याग्दी टिमलार्इ हराउदै अल्घानिमले उपाधि चुम्न सफल भएको हो । प्रतियोगितामा दोस्रो स्थान हात पार्न सफल म्याग्दी प्रवासी नेपाली संघ (माेना) म्याग्दी टिमले सेमिफ़ाइनलमा बागलुङ सेवा समाजलार्इ हराएको थियो भने अल्घानिमले कल्याणकारी नेपाली समाज कुवेतलार्इ हराउदै फाइनलको यात्रा तय गरेको थियो ।

आयोजकले प्रथम हुने टिमलार्इ नगद पुरस्कार १०० केडी , मेडल, ट्रफि , प्रमाण पत्र र दोस्रो हुने टिमलार्इ ५० केडी, मेडल, ट्रफि र प्रमाण पत्र प्रदान गरेको छ । साथै उक्त प्रतियोगितामा उत्कृष्ट  खेलाडीकाे पुरस्कार म्याग्दी प्रवासी नेपाली संघ (माेना) म्याग्दीका केस कुमार पुर्जाले हात पार्न सफल भएका छन । उनलार्इ  मेडल र ट्रफि प्रदान गरिएको छ भने रेफ़्री र कुवेतमा कृयाशिल अनलाइन मिडियालार्इ पनि मायाको चिनो सहित सम्मान गरेको छ ।

१४ टिमले सहभागिता जनाएको उक्त प्रतियोगिता एकदमै भब्य र सब्य रुपमा सौहार्दपूर्ण वातावरणमा खेल सम्पन्न भएकोमा खुसि ब्यक्त गर्दै खेल संयोजक राज मल्लले स्पोन्सर बहराइन एक्सचेन्ज कम्पनि, सहभागी टिम, आयोजकका प्रतिनिधि सदस्यहरु, कुवेतमा सन्चालित सबै मिडिया हाउस लगायत सम्पूर्ण प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्ने सबैलाइ धन्यबाद ज्ञापन गरेका छन ।


सम्बन्धित शीर्षकहरु

फ्रान्समा पछिल्ला दिनमा हिंसात्मक प्रदर्शन, प्रहरीसँग झडप, आगजनी र व्यापक पक्राउका दृश्य सार्वजनिक भइरहेका बेला इजरायल–प्यालेस्टाइन द्वन्द्वसँग जोडेर सामाजिक सञ्जालमा…

राष्ट्रिय मानव अधिकार आयोगले २०८१ चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाबारे प्रतिवेदन सार्वजनिक गर्दै तत्कालीन प्रमुख जिल्ला अधिकारी, प्रहरी…

भारतले नेपालका लागि नयाँ राजदूतमा सुधाकर दलेलालाइ पठाउने भएको छ । भारतले हाल विदेश मन्त्रालयका आर्थिक सम्बन्ध सचिव रहेका सुधाकर…

प्रतिकृयाहरू
...