Wednesday 18th February 2026

चितवनबाट हराएका सुदिप तेह्रथुममा भेटिए


तिताेपाटी – एक महिना अगाडि मात्र बिहे गरेका कालिका नगरपालिका-६ का सुदिप सापकोटाले सोमबार एकाएक हराए । अष्ट्रेलियाको भिसा लागेको भन्दै सापकोटाले विदेशीने तयारीमा रहेका २४ वषर्ीय सुदिप कात्तिक २६ गते सोमबार आवश्यक सामान खरिद गर्न वुवासँगै नारायणगढ बजार झरेका थिए ।

वुवा गंगाप्रसाद गौरीगञ्ज जाने काम छ भन्दै मोटरसाइकलमा गए । उनी म्याजिकमा घर जाने भन्दै हिँडे ।

गंगाप्रसाद गौरीगञ्ज पुगेर घर आउँदा पनि सुदिप आइपुगेका रहेनछन् । साँझसम्म उनी आएनन् । भर्खरै बिहे गरेको र अष्ट्रेलिया जाने तयारीमा रहेका छोरा हराएपछि परिवारका सदस्यहरु आत्तिए ।

प्रहरीलाई खबर गरे, स्थानीयहरु सहित जंगल क्षेत्र हुँदै भरतपुर एवम् नारायणगढ क्षेत्र खोजी गरे तर, भेटिएनन् । चितवनका क्षेत्र नं. २ का सांसद कृष्णभक्त पोखरेल, प्रदेशसभाका सांसद घनश्याम दाहालले पनि चासो दिए । घटनाबारे यथार्थ पत्ता लगाउन प्रहरीमाथि दबाव बढ्यो ।

सुदिपको मोबाइल अफ थियो । तर, उनले मोबाइलमा चलाएको वाइफाइका आधारमा लोकेसन ट्रयाक भयो ।

तेहथुमको ब्लू हेभन होटलमा बसिरहेको अवस्थामा सुदिप भेटिए । इलाका प्रहरी कार्यालय टाँडीका डीएसपी दयानिधी ज्ञवालीका अनुसार अष्ट्रेलिया जान भनेर सापकोटाले बनाएको सबै डकुमेन्ट फेक देखिएको छ ।

उनले अष्ट्रेलियाको पिआर नै पाएको भन्दै बिहे गरेका रहेछन् तर, सापकोटाको ल्यापटपमा भएको डकुमेन्ट र अन्य अनुसन्धान गर्दा भिसा फेक देखिएको पाइएको डीएसपी ज्ञवालीले बताए । नक्कली कागजपत्र बनाएका कारण सापकोटा भागेको हुनसक्ने डीएसपी ज्ञवालीको अनुमान छ ।

सापकोटा तेह्रथुम प्रहरीको नियन्त्रणमा छन् । उनलाई लिन परिवारका सदस्यहरु गएको वुवा गंगाप्रसादले जानकारी दिए ।

-अनलाइन खबर


सम्बन्धित शीर्षकहरु

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ । मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र…

प्रतिकृयाहरू
...