Saturday 16th May 2026

भ्रष्टचार विरुद्धको ‘#म पनि’ अभियानमा धेरैको सहभागिता !


तिताेपाटी – गएको कार्यक्रममा यौन दुव्र्यावहार विरुद्धको ‘#मि टु’ अभियान जस्तै भ्रष्टचार विरुद्धको ‘#म पनि’ क्याम्पियान सुरु गरेका थियौं ।

यसको उदेश्य वडा कार्यालयदेखि सिहंदरबारसम्म सर्वसाधारणले कुनै पनि सार्वजनिक सेवा पाउनका लागि राजश्व वाहेक विना रसिद कर्मचारी, एजेन्टलार्ई अतिरिक्त रकम तिरेका अनुभव सेयर गर्नु र यसरी घुस लिनेहरु लज्जित बनाउनुनै मात्र नभई आगामी दिनमा घुस माग्ने साहास नगरुन् भन्ने हाम्रो उदेश्य हो ।

अहिले ‘#म पनि’ अभियानमा केही सुझावसहित धेरै दर्शक सहभागी भएका छन् । सबैले बाध्यतामा परेर वडा कार्यालयबाट सिफारिस लिदाँदेखि फाइल टुङगो लाग्दासम्म चिया खर्चदेखि हजारौँ घुस दिनु परेको अनुभव सेयर गरेका छन् । ‘#म पनि’ मेन्सन गर्दै गुनासो गर्नेहरु मध्ये अत्याधिक श्रम कार्यालय ताहाचालमा श्रम अनुमति लिदाँ विचौलिया र कर्मचारीलाई घुस खुवाउनु परेका अनुभव छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय दैलेख, बागलुङ, बेनी, गुल्मी लगाएतका कार्यालयमा नागरिकता सच्याउँदा वा हराएर बनाउँदा पैसा खुवाउनु परेका अनुभव छन् । यस्तै मालपोत कार्यालय बेलबारी, कैलाली, भैरहवा नापी कार्यालय लगाएतका कार्यालयमा जग्गा पास, कित्ता काट जस्ता काममा घुस मागेको उल्लेख गरिएका छन् ।

यस बाहेक सवारी चालक अनुमति पत्र लिदाँ यातायात कार्यालय एकान्तकुना, ट्राफिक प्रहरीलाई पटक पटक घुस दिनु परेको जस्ता ट्वीट, फेसबुक स्टाटस ‘म पनि’ क्याम्पेनमा पोष्ट गरिएको छ ।

यस अघि पुर्व प्रधानन्यायाधीश शुसिला कार्कीले समेत नेपालमा भ्रष्टचार अन्त्यका लागि पनि ‘#मि टु’ अभियान सुरु हुनु पर्ने भन्दै एक दैकिन पत्रिकामा लेख नै लेखिसकेकी छन् ।

यो अभियानले सरकारी कार्यालयमा हुने भ्रष्टाचार मात्र देखाउदैन घुस लिने तरिका बारे पनि सबैमाझ ल्याइदिन्छ । अनि त्यस्ता कार्यालयमा बसेर घुस खाने कर्मचारी लज्जित बनाउँछ ।

– न्यूज 24


सम्बन्धित शीर्षकहरु

युनाईटेड अरब ईमिरेट (United Arab Emirates) को दुवई अन्तराष्ट्रिय विमानस्थल (Dubai International Airport) मा चिनियाँ “गुआङजियान–21A” (Light Arrow-21A) लेजर आधारित…

नेपाल सरकारको आर्थिक वर्ष २०८३/८४ का सम्भावित प्राथमिकता र कार्यक्रमहरूमा सुशासन, डिजिटल प्रविधि, आर्थिक सुधार, कृषि आधुनिकीकरण, ऊर्जा विस्तार र…

मार्को रुवियो माथि चीनले  पहिले नै प्रतिबन्ध लगाएको भए पनि उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प  सँग बेइजिङ भ्रमणमा सहभागी हुन…

प्रतिकृयाहरू
...