Thursday 25th April 2024

भ्रष्टचार विरुद्धको ‘#म पनि’ अभियानमा धेरैको सहभागिता !


तिताेपाटी – गएको कार्यक्रममा यौन दुव्र्यावहार विरुद्धको ‘#मि टु’ अभियान जस्तै भ्रष्टचार विरुद्धको ‘#म पनि’ क्याम्पियान सुरु गरेका थियौं ।

यसको उदेश्य वडा कार्यालयदेखि सिहंदरबारसम्म सर्वसाधारणले कुनै पनि सार्वजनिक सेवा पाउनका लागि राजश्व वाहेक विना रसिद कर्मचारी, एजेन्टलार्ई अतिरिक्त रकम तिरेका अनुभव सेयर गर्नु र यसरी घुस लिनेहरु लज्जित बनाउनुनै मात्र नभई आगामी दिनमा घुस माग्ने साहास नगरुन् भन्ने हाम्रो उदेश्य हो ।

अहिले ‘#म पनि’ अभियानमा केही सुझावसहित धेरै दर्शक सहभागी भएका छन् । सबैले बाध्यतामा परेर वडा कार्यालयबाट सिफारिस लिदाँदेखि फाइल टुङगो लाग्दासम्म चिया खर्चदेखि हजारौँ घुस दिनु परेको अनुभव सेयर गरेका छन् । ‘#म पनि’ मेन्सन गर्दै गुनासो गर्नेहरु मध्ये अत्याधिक श्रम कार्यालय ताहाचालमा श्रम अनुमति लिदाँ विचौलिया र कर्मचारीलाई घुस खुवाउनु परेका अनुभव छन् ।

यस्तै जिल्ला प्रशासन कार्यालय दैलेख, बागलुङ, बेनी, गुल्मी लगाएतका कार्यालयमा नागरिकता सच्याउँदा वा हराएर बनाउँदा पैसा खुवाउनु परेका अनुभव छन् । यस्तै मालपोत कार्यालय बेलबारी, कैलाली, भैरहवा नापी कार्यालय लगाएतका कार्यालयमा जग्गा पास, कित्ता काट जस्ता काममा घुस मागेको उल्लेख गरिएका छन् ।

यस बाहेक सवारी चालक अनुमति पत्र लिदाँ यातायात कार्यालय एकान्तकुना, ट्राफिक प्रहरीलाई पटक पटक घुस दिनु परेको जस्ता ट्वीट, फेसबुक स्टाटस ‘म पनि’ क्याम्पेनमा पोष्ट गरिएको छ ।

यस अघि पुर्व प्रधानन्यायाधीश शुसिला कार्कीले समेत नेपालमा भ्रष्टचार अन्त्यका लागि पनि ‘#मि टु’ अभियान सुरु हुनु पर्ने भन्दै एक दैकिन पत्रिकामा लेख नै लेखिसकेकी छन् ।

यो अभियानले सरकारी कार्यालयमा हुने भ्रष्टाचार मात्र देखाउदैन घुस लिने तरिका बारे पनि सबैमाझ ल्याइदिन्छ । अनि त्यस्ता कार्यालयमा बसेर घुस खाने कर्मचारी लज्जित बनाउँछ ।

– न्यूज 24


सम्बन्धित शीर्षकहरु

मेडिकल जनरल ल्यान्सेटको पछिल्लो प्रतिवेदन अनुसार विश्वभर प्रोस्टेट क्यान्सरका घटना बढिरहेका छन् । ल्यान्सेटले यस रिपोर्टमा सन् २०२० मा प्रोस्टेट…

एएफपी-इजरायलले १५ लाख प्यालेस्टिनीको आश्रयका गाजाको दक्षिणी शहर रफाहमा सैन्य कारबाही सुरू भएमा यसले निर्दोष थप सर्वसाधारणको हताहत बढ्ने भन्दै…

सर्वोच्च अदालतले गौर हत्याकाण्डविरुद्ध कारण देखाऊ आदेश जारी गरेको हो । बुधबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले कारण देखाऊ आदेश…

प्रतिकृयाहरू
...