Wednesday 7th October 2026

सडकका खाल्डा नपुर्नेलाई प्रधानमन्त्री कार्यालयले बोलायो


तिताेपाटी – राजधानीकै सडकमा ठाउँठाउँमा भएका खाल्डाबारे समाचार सार्वजनिक भएपछि सरकारले जिम्मेवारी पूरा नगर्ने सम्बन्धीत कार्यलयका प्रमुखलाई मन्त्रिपरिषद कार्यालयमा हाजिर हुन निर्देशन जारी गरेको छ । आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।

सडकमै रहेको खाल्डोमा परेर किर्तिपुरमा साइकलयात्री श्यामसुन्दर श्रेष्ठको मृत्यु हुँदासमेत केही दिनसम्म वास्ता नगरेको सरकारले बुधबार नयाँ पत्रिकाको पहिलो पृष्ठमा ‘इमानमै खाल्डो‘ शीर्षकमा विस्तृत समाचार आएपछि शुक्रबारका लागि सम्बन्धीत कार्यालयका प्रमुखलाई बैठकमा बोलाएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र महानगरपालिकालाई छलफलमा बोलाएको कार्यालयका सचिव केदारबहादुर अधिकारीले बताए ।


सम्बन्धित शीर्षकहरु

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले विश्वविद्यालयको संख्या बढाउँदैमा उच्च शिक्षाको गुणस्तर सुधार नहुने बताएका छन्। उनका अनुसार एउटै प्रकृतिका पुरानै…

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

प्रतिकृयाहरू
...