Sunday 29th March 2026

राजकुमारी पद त्यागेर सर्वसाधारणसँग विहे !


तितोपाटी – सुन्दा अचम्म लाग्छ तर यहि सत्य हो । जापानी राजकुमारी अयाकोले अाफ्नो राजकुमारी पद त्यागेर सामान्य नागरिक सँग विवाह गरेकी छिन् । करिब एक हजार पाहुनाहरुमाझ जापानकी राजकुमारी अयाकोले सोमबार टोकियोमा विवाह गरेकी छन् ।  बिहेकै कारण उनले ‘राजकुमारी’ उपाधि त्याग्नु परेको छ । जापानमा राजपरिवारका महिला सदस्यले सर्वसाधारण नागरिकसँग बिहे गर्ने प्रचलन छैन । राजकुमारी अयाको भने माछा ब्यापारी केई मोरियासँग प्रेममा थिइन् । उनको प्रेममा परिवारको समर्थन भएन । अन्ततः आफ्नो प्रेमलाई पूर्णता दिन अयाकोले आफ्नो उपाधि त्यागिन् र सर्वसाधारण नागरिकमा झरिन् ।

वैवाहिक समारोह साह्रै भव्य नभए पनि रमाइलो थियो । ओठमा मुस्कान लिएर राजकुमारी आफ्ना जीवनसाथीसहित समारोहस्थलमा प्रवेश गर्दा उत्पन्न भएको गुञ्जन निकै बेरसम्म थामिएको थिएन । राजकुमारीका नजिकका साथीहरु र परिवारका एकाध सदस्यले जोडीलाई स्वागत गरेका थिए ।

राजकुमारी अयाकोले पहेँलो रंगको फुलबुट्टे उचिकी किमोनो लगाएकी थिइन्, जुन गोलीगाँठोसम्म आएको थियो । मोरिया पश्चिमा शैलीको कालो मर्निङ कोटमा थिए । अयाकोल लगाएको किमोनोको स्टाइल र डिजाइन उनकी दिदी नोरिकोले गत २०१४ मा कुनिमारो सेन्गेसँग बिहे गर्दा लगाएकोसँग मिल्दोजुल्दो थियो ।

२८ वर्षीया अयाको स्वर्गीय राजकुमार ताकामोदो र राजकुमारी हिसाकोकी कान्छी सन्तान हुन् । जापानको राजकीय कानूनअनुसार राजपरिवारका महिला सदस्यले सवैसाधारणसँग बिहे गरेका आफ्नो टाइटल परित्याग गर्नुपर्ने हुन्छ । तर, पुरुष सदस्यहरुका हकमा यो नियम लागू छैन । उनीहरुले जोसँग पनि विवाह गर्न सक्छन् ।

३२ वर्षीय मोरिया सिपिङ कम्पनीमा काम गर्छन् । उनीसँग बिहेपछि पूर्वराजकुमारी बनेकी अयाकोले जीवन निर्वाहका लागि जापानको सरकारबाट एकमुष्ट ९ लाख ५० हजार डलर प्राप्त गर्नेछिन् । राजकुमारीको पदवी त्यागे पनि आफ्नो परिवारलाई साथ र सहयोग भने दिइरहने उनले बताएकी छन् ।


सम्बन्धित शीर्षकहरु

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

भारतले GCC देशहरूमा खाद्य सामग्रीको स्थिर र अविरल आपूर्ति सुनिश्चित गर्न महत्वपूर्ण भूमिका खेलिरहेको छ। प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुलु समूहका…

प्रतिकृयाहरू
...