Wednesday 7th October 2026

निर्मला हत्या प्रकरण : दबाबमूलक समूह नै दुई गुटमा


तिताेपाटी – तीन महिना बितिसक्दा पनि निर्मला पन्तको हत्यारा पत्ता नलागेको भन्दै महिलाअधिकारकर्मी तथा स्थानीयले सोमबार महेन्द्रनगरमा प्रदर्शन गरेका छन् ।

आजको नागरिक  दैनिकमा याे खबर छ – उनीहरुले शीघ्र हत्यारा पत्ता लगाउन माग गर्दै प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।

सरकारले तत्कालीन प्रहरी एसपी डिल्ली विष्ट र प्रहरी निरीक्षक जगदीश भट्टलाई बर्खास्त मात्र गरेकाले निर्मलाको हत्यारा पत्ता लगाउने कुरा ओझेलमा पार्न खोजेको भन्दै असन्तुष्ट स्थानीयले प्रदर्शन गरेका हुन् ।

आन्दोलनमा दुई गुट

निर्मला पन्तको हत्यारा पत्ता लागाउनु पर्छ भन्ने एउटै मागका लागि गरिएको आन्दोलन दुई गुटमा बाँडियो ।

सुरुका दिनमा निर्मला हत्या पत्ता लगाउन हेलन श्रेष्ठको संयोजकत्वमा गठन भएको संघर्ष समितिले अगुवाई गर्यो ।

केही सातापछि मीना भण्डारीको संयोजकत्वमा अर्को नागरिक संघर्ष समिति गठन भयो ।
एकले अर्कोको अस्तित्व नस्वीकार्ने दुई समितिमा बााडिएका महिलाबीच द्धन्द भइरहेका बेला मीना भण्डारीको टीमका महिला अधिकारकर्मीले निर्मलाकी बुवा यज्ञराज पन्त र आमा दुर्गादेवी पन्तलाई अर्को टीमका महिलालाई जानकारी नदिई भदौ २५ गते काठमाडौं लगेपछि यी दुई गुटको विवाद छताछुल्ल भयो ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...