Saturday 11th April 2026

पाकिस्तानको सर्वोच्च अदालतद्वारा भारतीय फिल्म र टिभी सो माथि प्रतिबन्ध


तितोपाटी – पाकिस्तानको सर्वोच्च अदालतले तल्लो अदालतको पूर्व आदेश उल्ट्याउँदै पाकिस्तानका टेलिभिजन च्यानलमा सबै भारतीय सामग्री प्रसारण गर्न प्रतिबन्ध लगाउन आदेश दिएको छ। सर्वोच्च अदालतका प्रधान न्यायाधीश सकिब निसारले पाकिस्तानी टेलिभिजन च्यानलमा विदेशी सामग्री प्रसारणसँग सम्बन्धित प्रोड्युसर सङ्घले दायर गरेको मुद्दाको सुनुवाई गर्दै यस्तो आदेश दिएका हुन्।

पाकिस्तानी अखबार डनले पाकिस्तानको उत्तरी क्षेत्रको डियामेर–बासा बाँधको निर्माणसँग सम्बन्धित सामग्रीलाई लिएर विवाद उत्पन्न भएपछि सर्वोच्चको यस्तो फैसला आएको जनाएको छ। पाकिस्तानको सञ्चार माध्यम नियामक प्राधिकरण (पेमरा) का एक अधिकारीले प्रधान न्यायाधीश निसारले टिभी च्यानलमा सबै भारतीय सामग्री प्रसारण रोक्न आदेश दिएको जानकारी दिए। यो आदेश सबै भूसतही प्रसारण, भूउपग्रहीय प्रसारण र केबल च्यानलमा लागू हुनेछ।

पाकिस्तानका केबल अपरेटर एसोसिएसनका अध्यक्ष खालिद आरेनले अदालतको आदेश ठीक नरहेको प्रतिक्रिया दिएका छन्। “सबै भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाउनु समाधान होइन, बरु हामीले गुणस्तरीय पाकिस्तानी सामग्री उत्पादनमा ध्यान दिन सक्नु पर्दछ।” सन् २०१७ मा लाहोर उच्च अदालतले भारतीय टिभी कार्यक्रमहरुमाथिका प्रतिबन्ध फुकुवा गरेको थियो। विवादित काश्मिर क्षेत्रमा भारत र पाकिस्तानबीच तनाब बढेसँगै अक्टोबर २०१६ मा अधिकारीहरुले भारतीय सामग्री प्रसारणमा प्रतिबन्ध लगाएका थिए।


सम्बन्धित शीर्षकहरु

डिआइजी (DIG) र प्रमुख जिल्ला अधिकारी (CDO) को बरियतासम्बन्धी बहस अहिले केवल पदको सम्मानको विषय मात्र रहेन, यो राज्य संयन्त्रको…

होर्मुज जलडमरूमध्यबारे इरानले “नयाँ चरण” मा जाने संकेत गर्नु केवल भाषण मात्र होइन, क्षेत्रीय कूटनीति र विश्व ऊर्जा बजारलाई सीधा…

इजरायली सेनाले दक्षिण लेबनानमा हिज्बुल्लाहका “सैन्य ठेगाना” र रकेट लन्च साइटहरूलाई लक्षित गर्दै ठूलो हवाई हमला गरेको जनाएको छ। इजरायलले…

प्रतिकृयाहरू
...