Saturday 28th December 2024

मुलुकभर जाडो बढ्यो, यस वर्ष बढी चिसो


तिताेपाटी – काठमाडौं उपत्यकासहित देशभर चिसो बढेको छ । दसैंअघिसम्म अधिकांश भागमा गर्मी महसुस भए पनि दसैंलगत्तै तापक्रम घटेको छ ।

अाजकाे राजधानी  दैनिकमा याे खबर छ – उपत्यकासहित देशभर नै चिसोको प्रभाव विस्तार हुँदै गएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार वायुमण्डलको प्रभावका कारण चिसो बढेको हो ।

धुँवाधुलोले गर्दा पनि वायुमण्डल प्रदूषित भएकाले चिसो बढेको मौसमविदले बताएका छन् । अघिल्लो वर्ष १० कात्तिकमा काठमाडौंको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस रहेकामा यसपटक ८ दशमलव २ डिग्रीमा झरेको छ ।

शनिबारभन्दा आइतबार अझ तपक्रम घटेरे ८ डिग्रीमा झरेको महाशाखाले जनाएको छ । अघिल्लो वर्षको तुलनामा यस वर्ष बढी चिसो भएको मौसम पूर्वानुमान महाशाखाको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

अबु धाबीको स्वास्थ्य तथा रोकथाम मन्त्रालय (MoHAP) ले जनवरी २०२५ देखि सुरु हुने विवाहपूर्व स्क्रिनिङ कार्यक्रमको एक भागको रूपमा सबै…

ढाका: अपदस्थ बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले मानवता विरुद्धको अपराधको धेरै आरोपहरूको सामना गर्ने छ, देशको अन्तरिम सरकारले भारतलाई सुपुर्दगी अनुरोध…

अफगानिस्तानको तालिवान सरकारले २४ डिसेम्बर राति पाक्टिकाको बर्मल जिल्लामा पाकिस्तानी हवाई आक्रमणमा ४६ जनाको मृत्यु भएको जनाएको छ । तीमध्ये…

प्रतिकृयाहरू
...