Monday 30th March 2026

डान्स सिकाउने गुरुबाटै बालिका बलात्कृत


तिताेपाटी – गत बुधबार साँझ इटहरी वडा नम्बर १० की एक बालिका घरनजिकै नृत्य (डान्स) सिक्न गइन् । नृत्य सिक्न अरु साथी पनि भेला भइसकेका थिए । दसैंअघिदेखि नै स्थनीय राज क्ल्बले तिहारका लागि नृत्य सिकाउन थालेको थियो ।

त्यो दिन सहभागी बसैजना नृत्य सिक्न थाले । नृत्य गरिरहेका बेला सिकाउने गुरुले ती बालिकालाई ‘साउन्डले गर्दा केही सुनिएन, एकैछिन तिमीसँग काम छ’ भनेर बाहिर निकाले । उनले ती बालिकालाई गोप्य छ भनेर नजिकै रहेको दुर्गा मन्दिर छेउमा लगे । दुर्गा मन्दिर एकान्त स्थानमा छ । नृत्य सिकाउने गुरु, त्यसमाथि पनि गाउँकै दादा भएकाले बालिकाले उनको प्रस्तावलाई स्वीकार गरिन् , आजको नागरिक दैनिकमा याे खबर छ

जबरजस्ती करणीको योजना बनाएर बालिकालाई साथीसँग छुटाएर सोही ठाउँका २१ बर्षीय नविन विकले एकान्त स्थलमा लगे । त्यसपछि बालिकालाई सिधै प्रस्ताव राख्दा उनले अस्विकार मात्र गरिनन् । सक्नेसम्म प्रतिकार गरिन् । बालिका ठूल्ठूलो आवाजमा रोइन् कराइन् । आफूमाथि कुकृत्य गर्ने युवाको अनुहार पूरै चिथोरिन् । तर, एकान्त स्थान भएकाले गर्दा कसैले सुनेनन् । त्यति गर्दा पनि विकले बालिकालाई हल्ला गरे ढुंगाले हानेर मारिदिने धम्की दिँदै जबरजस्ती करणी गरे ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...