Wednesday 7th October 2026

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष


तिताेपाटी – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको छ ।

सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी काम सुरु गरिसकेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यसका लागि श्रमिकको मासिक ५ सयदेखि १ हजार रुपैयाँभन्दा बढी क्षमताअनुसार रकम जम्मा गर्ने गरी कानुनी हैसियत भएको संयन्त्र निर्माण गर्ने काम भइरहेको बताए । अाजकाे काराेबार  दैनिकमा याे खबर छ ।


सम्बन्धित शीर्षकहरु

निरेम ग्रुपको आयोजनामा हुन लागेको ‘निरेम सांगीतिक उत्सव–चौथो संस्करण’ यसअघि घोषणा गरिएको मितिमा नभई अर्को मितिमा आयोजना हुने भएको छ।…

ब्रेकिङ : अमेरिकी अधिकारीसँग सम्पर्क गरेको आरोपमा इरानी विदेशमन्त्री अराघ्चीमाथि महाभियोग प्रस्ताव दर्ता तेहरान, ६ अक्टोबर २०२६। इरानी संसदमा विदेशमन्त्री…

नेपालका बाढीपीडितलाई ३ करोड २० लाख सहयोग गर्ने माता अमृतानन्दमयी को हुन् माता अमृतानन्दमयी देवी, जसलाई संसारभर ‘अम्मा’ अर्थात् ‘आमा’…

प्रतिकृयाहरू
...