Monday 30th March 2026

जेलमै बनेको थियो नक्कली नोट छाप्ने योजना, छाप्ने मेसिन वीरगन्जबाट ल्याइयो


तिताेपाटी – प्रहरीले कीर्तिपुरस्थित मच्छेगाउँबाट नक्कली नोटसहित पक्राउ अभियुक्तले नोट छाप्ने तरिका ‘इन्टरनेट’बाट सिकेको खुलेको छ । नोट छाप्ने योजना भने जेलमै बनेको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका अनुसार नक्कली नोट छाप्ने घटनाका मुख्य योजनाकारमध्ये पर्सा बिरुवा गुठीका २७ वर्षीय इन्द्रबहादुर श्रेष्ठले नक्कली नोट छाप्ने योजना सिरहास्थित कारागारबाटै बनाएका थिए ।

जुन वेला उनी हातहतियार तथा खरखजाना मुद्दामा कैदसजाय भुक्तान गर्दै थिए । ११ महिनाको कैद सजाय भुक्तानपछि सीमाक्षेत्रमै रहेर उनले लागुऔषधको कारोबार गर्न थाले, अाजकाे नयाँ पत्रिका दैनिकमा याे खबर छ

यही क्रममा भेट भएका नयाँ बानेश्वरस्थित रत्नराज्यलक्ष्मी माविमा कक्षा १२ मा अध्ययनरत गोरखा लखन-८ का नारायण श्रेष्ठले उनको नक्कली नोट छाप्ने योजना साकार गरिदिएका थिए ।

इन्द्रबहादुरले वीरगन्जबाट ४० हजार रुपैयाँमा नोट छाप्ने मेसिन खरिद गरी काठमाडौं ल्याएका थिए ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...