Monday 30th March 2026

सन्धि संशोधन प्रस्ताव : समुद्रसँग छोटिँदै दूरी


तिताेपाटी – भारतसँग अन्तरदेशीय जलमार्ग प्रयोग गर्न पाउने गरी व्यापार तथा पारवहन सन्धि संशोधनको मस्यौदा नोपलले अन्तिम चरणमा पुर्याएको छ ।

अाजकाे कान्तिपुर  दैनिकमा याे खबर छ – मस्यौदामा सहमति जुटे नेपालको समुद्रसँगको दूरी निकै छोटिनेछ ।मस्यौदा तयार पार्ने जिम्मेवारी पाएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका अनुसार, प्रस्तावनालाई पूर्णता दिने काम दसैं बिदापछि कार्यालय खुलेसँगै पुनः अघि बढेको छ ।

‘अब हामी छिट्टै संशोधनको अवधारणपत्र भारतीय पक्षलाई पठाउनेछौं, के कस्तो संशोधन राख्ने भन्नेबारे करिब-करिब सहमति भइसकेको छ’, मन्त्रालयका सहसचिव रविशंकर सैंजुले भने, ‘संशोधित सन्धिले हामलिाई भारतमा निर्मित जल संरचनामार्फत सामान ढुवानी गर्ने बाटो खुला गर्नेछ ।’

भारतले कलकत्तादेखि बनारससम्म २५ सय मेट्रिक टनसम्म भारवहन क्षमताका मालवाहक जहाज चल्ने जलमार्ग विकासलाई तीव्रता दिइरहेका बेला गत अप्रिल ७ मा उक्त संरचना नेपाललाई पनि प्रयोग गर्न दिने गरी नयाँ कनेक्टिभिटीमा समझदारी भएको थियो ।

त्यसलाई मूर्त रुप दिन दुवै देशका अधिकारी सम्मिलित संयुक्त अध्ययन टोली बनाइएको छ । टोलीको जुलाई १५ र १६ मा काठमाडौंमा बसेको पहिलो बैठकले नेपाललाई जलमार्गसँग जोड्न सन्धि संशोधनको निर्णय गरेको थियो ।


सम्बन्धित शीर्षकहरु

गत वर्ष प्रदर्शनकारीहरूमाथि भएको घातक दमनमा संलग्न रहेको आरोपमा नेपालका पूर्व प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई…

डोनाल्ड ट्रम्प ले इरानमाथि ऊर्जा संरचनामा आक्रमण नगर्ने निर्णयलाई थप १० दिन लम्ब्याएको घोषणा गर्दा सतहमा हेर्दा यो कूटनीतिक लचकताको…

मुलुकले आज नयाँ प्रधानमन्त्री पाउने भएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा आज दिउँसो राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ…

प्रतिकृयाहरू
...