Saturday 17th January 2026

कञ्चनपुरमा फेरी ३ वर्षीया बालिका बलात्कृत


तितोपाटी – कञ्चनपुरमै एक तीन वर्षीया बालिका बलात्कृत भएकी छन्।आइतबार बेलुका भीमदत्त नगरपालिका-१२ की एक बालिका बलात्कारको शिकार भएकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले छिमेकी १२ वर्षीय एक बालकले ३ वर्षीया बालिकालाई बलात्कार गरेको जानकारी दिए।

‘घर नजिकै आगन छेउमा खेलिरहेकी बालिकालाई अलि पर बोलाएर बलात्कार गरेको देखिएको छ, उनले भने,’बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ, तर रिपोर्ट आएको छैन।’ उनका अनुसार बालिकाको योनीमा रगत देखिएको छ।

परिवारको जानकारी पछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। बालकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेर घट्नाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

नाबालक नै रहेकाले उनलाई हिरासतमा राख्न नमिल्ने कानुनी प्रावधान छ। उनलाई हिरासत बाहिर राखेरै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...