Tuesday 7th April 2026

कञ्चनपुरमा फेरी ३ वर्षीया बालिका बलात्कृत


तितोपाटी – कञ्चनपुरमै एक तीन वर्षीया बालिका बलात्कृत भएकी छन्।आइतबार बेलुका भीमदत्त नगरपालिका-१२ की एक बालिका बलात्कारको शिकार भएकी हुन्। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रवक्ता डीएसपी कृष्णराज ओझाले छिमेकी १२ वर्षीय एक बालकले ३ वर्षीया बालिकालाई बलात्कार गरेको जानकारी दिए।

‘घर नजिकै आगन छेउमा खेलिरहेकी बालिकालाई अलि पर बोलाएर बलात्कार गरेको देखिएको छ, उनले भने,’बालिकाको स्वास्थ्य परीक्षण गरिएको छ, तर रिपोर्ट आएको छैन।’ उनका अनुसार बालिकाको योनीमा रगत देखिएको छ।

परिवारको जानकारी पछि प्रहरीले बालकलाई नियन्त्रणमा लिएको छ भने बालिकाको स्वास्थ्य परीक्षण गराएको छ। बालकलाई प्रहरीले जिल्ला प्रहरी कार्यालयमा राखेर घट्नाका बारेमा अनुसन्धान गरिरहेको जनाएको छ।

नाबालक नै रहेकाले उनलाई हिरासतमा राख्न नमिल्ने कानुनी प्रावधान छ। उनलाई हिरासत बाहिर राखेरै अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...