Tuesday 10th March 2026

पार्टीभित्रैबाट ममाथि आक्रमण भयो- वामदेव गौतम


तिताेपाटी – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेता वामदेव गौतमले संस्थागत विधि–प्रक्रियाअनुसार नै मानन्धरको राजीनामा र आफ्नो उम्मेदवारीको विषयले आइतबारदेखि सुरु भएको बैठकमा प्रवेश पाए पनि पार्टी सचिवालयकै केही नेताको गैरजिम्मेवार प्रस्तुतिका कारण परिस्थिति अनुकूल बन्न नसकेको धारणा सचिवालयमा राखेका थिए ।

आजको नयाँ पत्रिकामा खबर छ – आफू र पार्टीले संस्थागत धारणा नबनाउँदै सामाजिक सञ्जालमार्फत आफूविरुद्ध नेताहरूबाटै कुप्रचार गरिएको भन्दै उनले यसले पार्टीको प्रतिष्ठा गिराएको र प्रतिक्रियावादीहरूलाई फाइदा पुर्याउने काम गरेको धारणा राखेको एक सचिवालय सदस्यले बताए ।

‘वामदेव कमरेडको उम्मेदवारी तयारी र उपचुनावको चर्चाका सन्दर्भमा पार्टीभित्र उत्पन्न असमझदारीबारे खुलस्त छलफल भयो, उनले धेरै लामो पृष्ठभूमिसहित तीता–मीठा सबै कुरा राख्नुभो,’ ती सचिवालय सदस्यले भने, ‘अब त्यसबारे कुनै गुनासो नहुने गरी अहिलेलाई कुनै निर्णय नगर्ने अन्तिम निर्णय भयो ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा रहेको सामाजिक सुरक्षा टावरमा आगलागी भएपछि राजधानीको वित्तीय क्षेत्रमा ठूलो असर परेको छ। इरानी ड्रोन आक्रमण भएको भनिएको घटनापछि…

इरानका राष्ट्रपति Masoud Pezeshkian ले शनिबार आफ्नो देशले कुनै पनि हालतमा आत्मसमर्पण नगर्ने बताएका छन्। इजरायलसँग जारी आक्रमण–प्रतिआक्रमणका बीच उनले…

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी मार्च १४ देखि १६ सम्म काठमाडौँमा हुने १२औँ विश्व महाधिवेशन तथा नयाँ नेतृत्व चयनका…

प्रतिकृयाहरू
...