Friday 16th January 2026

तनहुँको अाँवुखैरेनीमा बस दुर्घटना, २० भन्दा बढी यात्रु घाइते


तितोपाटी – तनहुँको आबुखैरेनी गाउँपालिका-२ नारीघाटमा आइतवार यात्रुवाहक बस दुर्घटना हुदाँ २० भन्दा बढी यात्रु घाइते भएका छन् ।

बेशिशहरबाट मुग्लिङतर्फ जादै गरेको ना ४ ख ७८४१ नम्वरको मिनिबस सडकभन्दा करिव १५ मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

घाइतेहरुको तनहुँको छिम्केश्वरी अस्पतालमा उपचार भइरहेको प्रहरी निरीक्षक सन्तोष रोकाले जानकारी दिए । घाइतेहरुको पहिचान खुल्न बाकी रहेको उनले बताए ।

तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको अनुमान छ । बसमा ४० भन्दा बढी यात्रु थिए ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...