Tuesday 7th April 2026

बारामा बाबुले २ नाबालक छोराको हत्या गरी अाफुले पनि अात्महत्या गरे


तितोपाटी – बाराको जितपुर सिमरा–४ को औराहस्थित शान्तिटोलमा ४० वर्षको सुरेन्द्र रामले आइतबार बिहान आफ्नो २ जना छोराको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् ।

इलाका प्रहरी कार्यालय सिमराका प्रहरी निरिक्षक सुभाष हमालका अनुसार रामले आफ्नो ५ वर्षका छोरा सुबिन राम र ३ वर्षको विपिन रामको हत्या गरी आफूले पनि झुण्डिएर आत्महत्या गरेका हुन् । तीनैजनाको शव पाेष्टमार्टमका लागि वीरगञ्ज अस्पताल लगिएको छ ।

प्रहरी निरिक्षक हमालका अनुसार राम प्रायःतनावमा नै हुने र अत्याधिक मद्यपान गर्ने गर्थे । उनको अनुसार रामले केही वर्ष अगाडि आफ्नी आमालाई समेत पेटमा छुरा प्रहार गरी घाइते बनाएपछि ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा अदालतमा विचाराधिन छ ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...