Tuesday 7th April 2026

रामेछापमा सुमो दुर्घटनामा २ को मृत्यु, ८ घाइते मध्ये ५ गम्भीर


तितोपाटी – रामेछापको रामेछाप नगरपालिका वडा नं २ देउरालीको खराने पाखामा शनिबार साँझ ना १ ज ४८१२ नं. टाटा सुमो दुर्घटना हुँदा २ जनाको घटनास्थलमा नै मृत्यु भएको छ। दुर्घटनामा परी अन्य ८ जना घाइते भएका छन्। घाइतेमध्ये ५ को अवस्था गम्भीर रहेको छ।

दुर्घटनमा परी मृत्यु हुनेमा रामेछाप नगरपालिका वडा नम्बर १ गोठगाउँकी ६० वर्षीया ललीमाया कार्की र उनका छोरा ४० वर्षीया दुर्गा बहादुर कार्की रहेको रामेछापका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक शेष अदालतले जानकारी दिए। घाइतेहरूलाई उद्धार गरी उपचारको लागि सदरमुकाम मन्थली ल्याइएको छ। दुर्घटना साँझमा भएकोले अध्यारोका कारण उद्धार गर्न समस्या भएको प्रहरी निरीक्षक अदालतले जानकारी दिए।

सुमो सडकबाट करिब ३ सय मिटर तल झरेको थियो। सुमो दसैंको टीका लगाएर फर्कने मानिस बोकेर कुकुरकाटे भन्ज्याङबाट रामेछाप नगरपालिका वडा नं. १ गोठपानीका लागि  हिँडेको थियो।  दुर्घटनाको कारण भने खुल्न सकेको छैन। सुमोमा कती यात्रु थिए एकिन नभएकोले घटनाको वास्तविक विवरण अझै आइनसकेको प्रहरीले जनाएको छ। घटनाको जानकारी पाउनासाथ घाइतेको उद्धार गरी अस्पताल ल्याउन सुरक्षाकर्मी र एम्बुलेन्सलाई घटनास्थलतर्फ तत्कालै पठाइएको प्रहरीले जनाएकाे छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...