Friday 16th January 2026

सुन तस्करीका अभियुक्त श्रेष्ठलार्इ इन्टरपोल मार्फत युएइबाट काठमाण्डु लगियो


तितोपाटी – ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरणमा जोडिएका बेनु श्रेष्ठलाई दुबई प्रहरीले काठमाडौं डिपोर्ट गरेको छ । आइतबार साँझ दुबई प्रहरीले ३२ वर्षीय श्रेष्ठलाई नेपाल प्रहरीको जिम्मा लगाएको हो । महानगरीय प्रहरी गौशाला वृत्तमा राखिएका श्रेष्ठसँग सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समितिका सदस्यले बयान लिएका छन्।

बयानमा श्रेष्ठले सुन तस्करीमा आफ्नो संलग्नता स्वीकार गरेको समितिका एक सदस्यले जानकारी दिए । उनका अनुसार आफूसमेतको लगानीमा रहेको सुन लुटिएपछि तस्करीमा संलग्न भएको श्रेष्ठले स्वीकार गरेको हो । समिति स्रोतका अनुसार श्रेष्ठले दुई वर्षदेखि दुबईमा बसेर सुन तस्करी गरिरहेको खुलेको थियो।

इन्टरपोलको सहयोगमा दुई महिनाअघि दुबई प्रहरीले श्रेष्ठलाई पक्राउ गरी डिपोर्टको प्रक्रिया गरिरहेको थियो । श्रेष्ठविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दायर छ । समितिसँगको बयानमा श्रेष्ठले माघ ९ गते विमानस्थलबाट बाहिरिएपछि हराएको ३३ किलो सुनमा आफ्नो लगानी नभएको बताए । ‘३३ किलो सुनमा श्रेष्ठको लगानी नभएको देखिएको छ,’ समिति स्रोतले भन्यो।

दुई वर्षअगाडि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले बरामद गरेको साढे ३३ किलो सुनमध्ये २ किलोमा श्रेष्ठको लगानी थियो । सुन तस्करीका मुख्य लगानीकर्ता भनिएका मोहनकुमार अग्रवाल, मुख्य आरोपित चुडामणि उप्रेतीका भाइ रमेश उप्रेती, हरिशरण खड्का र बेनु श्रेष्ठविरुद्ध गत असारमा रेड कर्नर नोटिस जारी गरिएको थियो । श्रेष्ठ दुबईमा एक आइटी कम्पनीमा काम गरिहरेका थिए । तीन वर्षअघि भोजपुर, इटहरी, काठमाडौंमा उनको सुन पसल थियो । सुनको कारोबार गर्ने क्रममा गोरेसँग भेट भएपछि उनी सुन तस्करीमा छिरेको प्रहरी स्रोतले जनाएको छ।


सम्बन्धित शीर्षकहरु

इरानले बुधबार राति NOTAM जारी गर्दै पूर्व अनुमति नलिएका सबै अन्तर्राष्ट्रिय उडानका लागि आफ्नो हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेको…

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

प्रतिकृयाहरू
...