Tuesday 7th April 2026

वीरगंजमा छोराद्वारा बाबुकी याैनसाथीको घाँटी रेटेर हत्या


तितोपाटी – बाबुसँग अनैतिक सम्बन्ध राखेको थाहा पाएपछि बारामा छोराले बाबुको याैनसाथीको घाँटी रेटेर हत्या गरेका छन् । उपमहानगरपालिका १३ वलिरामपुर बस्ने ४५ वर्षीया सियापती देवी धोविनको घाँटी रेटी हत्या गरेको आरोपमा प्रहरीले स्थानीय २८ बर्षीय रबिन महतो धानुकलाई पक्राउ गरेको हो ।

कलैया उपमहानगरपालिका वडा नं. १० मटिअर्वा स्थित सीमावर्ती क्षेत्रमा लुकी छिपी बसेको अवस्थामा रविनलाई प्रहरीले असोज २८ गते पक्राउ गर्न सफल भएको थियो ।

मृतक सियापति र पक्राउ परेका रविन महतो धानुकको बाबु दशरथ महतो नुनियाबीच करिब १५/२० वर्षदेखि अनैतिक सम्बन्ध रहँदै आएको र जसका कारण दशरथको घरमा पारिवारिक विवाद हुने गरेको थियो । त्यसैको झोकमा रविनले सियापतिको हत्या गरेको स्वीकार गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी रञ्जितसिंह राठौरले जानकारी दिए ।

‘अनैतिक सम्बन्धका कारण गाउँमा बेइज्जत भयो, दुवैलाई सम्झाउँदा पनि भनेको नमानेपछि हत्या गरेको हुँ भनेका छन्’ उनले भने ।

यसरी भयो हत्या

लामो समयदेखि अनैतिक सम्बन्ध रहेका कारण गाउँमा चर्चा हुने गरेको थियो । जसले गर्दा दैनिकजसो पारिवारिक कलह भइरहने गरेको थियो । असोज ६ गते दिउँसो मृतक सियापती धोबिन एक्लै खेतमा घाँस काटिरहेकी थिइन् ।

खेतमा एक्लैदेखि रबिन र निजको श्रीमती मिलेर तत्काल उनको हत्या गर्ने योजना बनाए । उनीहरु दुवै जना मिलेर सियापतीले नै खर काटनको लागी लगेको हसियाको प्रयोग गरी घाटी रेटी हत्या गरेका थिए । महिला फरार रहेकोले उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रहरीका अनुसार गत असोज ६ गते बाराको कलैया उपमहानगरपालिका १३ वलिरामपुर गाउँदेखि करिब १ किमी दक्षिण पूर्व पसाह खोला किनारमा खेतमा घाँस काट्दै गरेकी सियापित देवी धोबिनको त्यही हत्या भएको थियो ।

राति अबेरसम्म घर नफर्किएपछि घरपरिवार तथा स्थानीयले खोजी गर्ने क्रममा असोज ७ गते बिहान स्थानीय प्रभुप्रसाद यादवको उखु खेतमा घाटी रेटी कर्तव्य गरी मारी फालेको अवस्थामा शव फेला पारेका थिए ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...