Saturday 26th July 2025

पर्वतका अनिश बने लिगलिग कोटका नवाैं राजा


तितोपाटी – पालुङटार नगरपालिकाको लिगलिगकोटमा आइतबार भएको नवौ लिगलिगे म्याराथुन दौड प्रतियोगिताको उपाधी पर्वतका अनिश थापाले जितेका छन् । चेपेघाटदेखि लिगलिगकोट दरबारसम्मको १३.८ किमी दूरी ५८ मिनेट २५ सेकेन्डमा पार गर्दै थापाले उपाधी हात पारेका हुन् । थापालाई पुरस्कार स्वरुप नगद ६० हजार रुपैयाँको साथमा श्रीपेच, पगरी, ट्रफी र लिगलिगकोट दूतको व्याच प्रदान गरिएको आयोजक लिगलिग कोट विकास अभियानका अध्यक्ष पूर्णबहादुर रानाले बताए ।

उपाधि विजेता थापालाई आजको रात लिगलिगमा लिगलिगे राजाको रुपमा राखिने र मोटरमा चढाएर नगर परिक्रमा गराइने उनले जानकारी दिए ।

प्रतियोगितामा वाग्लुङका तीर्थ पुन दोस्रो भएका छन् । उनले निर्धारित दूरी ५८ मिनेट ४० सेकेण्डमा पार गरेका थिए । निर्धारित दूरी ५९ मिनेट २१ सेकेण्डमा पार गर्दै नेपाली सेनाका रामजी बस्नेत तेस्रो भएका छन् ।

दोस्रो र तेस्रो हुनेले क्रमश नगद ३५ हजार र २५ हजारको साथमा मेडल र प्रमाणपत्र पाएका छन् । प्रतियोगितामा नवौ स्थानसम्म प्राप्त गर्ने सहभागीलाई विशेष पुरस्कारको व्यवस्था गरिएको अभियानका सचिव सूर्यप्रसाद न्यौपानेले बताए ।

त्यस्तै स्थानीय महिलातर्फको दौडमा सुनिता गिरी प्रथम भएकी छन् । खुल्ला महिलातर्फको दौडमा पुष्पा भण्डारी र भेट्रानतर्फको दौडमा धर्म महर्जन प्रथम भएका न्यौपानेले जानकारी दिए ।

चारसय वर्षअघि दौडेर लिगलिगे राजा हुने परम्परालाई जगाइराख्न लिगलिगे दौड गरिएको अभियानले जनाएको छ । इतिहासका अनुसार लम्जुङका राजकुमार द्रव्य शाह चेपेघाटबाट लिगलिगकोटसम्म दौडेर राजा बनेका थिए । त्यही इतिहासको सम्झनामा नौ वर्ष अघिदेखि लिगलिगकोट विकास अभियानले दौड गराउँदै आएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवैत सिटी, जुलाई २४, गैरकानूनी आवास अभ्यासहरूलाई लक्षित गर्दै एउटा साहसिक नयाँ अभियानमा, कुवेती अधिकारीहरूले खैतानमा व्यापक निरीक्षण अभियान सुरु…

म यसरी पनि दौडिएँ प्यारका लागि । जसरी डुंगा दौडिन्छ किनारका लागि । तपाईं आफ्नो बनेर लुट्नु भो ठिकै छ,…

मध्यपूर्वको नम्बर एक खुद्रा विक्रेता लुलु हाइपरमार्केटले अलराई आउटलेटमा जुलाई २३ मा आफ्नो अलराई आउटलेटमा आफ्नो बहुप्रतीक्षित भारतीय आँप महोत्सवको…

प्रतिकृयाहरू
...