Tuesday 7th April 2026

कांग्रेस नेता बास्तोलाको ७४ वर्षको उमेरमा गएराति निधन, अन्त्यष्टी अाज साँझै गरिने


तितोपाटी – नेपाली कांग्रेसका नेता चक्रप्रसाद बाँस्तोलाको ७४ वर्षको उमेरमा निधन भएको छ। ६ वर्षदेखि अर्धचेत अवस्थामा रहेका उनको शनिवार राति ९ बजेर २० मिनेटमा खुमलटारस्थित घरमै निधन भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन्। बाँस्तोलालाई २०६९ पुस १४ गते मोरङ विराटचोकमा कुलपूजा गर्ने क्रममा मस्तिष्काघात भएको थियो। त्यसयता उनी अचेत अवस्थामा थिए। उनका श्रीमती र दुर्इ छोरी छन्। काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए।

 बाँस्तोलाको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि आज दिउँसो साढे १ बजेदेखि ४ बजे सम्म पार्टी केन्द्रिय कार्यालयमा राखिने भएको छ। कांग्रेस कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारी अनुसार श्रद्धाञ्जली पश्चात आजै बाँस्तोलाको पशुपति आर्यघाटमा अन्तिम संस्कार समेत गरिने छ। ७४ वर्षीय बाँस्ताेलाकाे शनिवार राति ९ बजेर २० मिनेटमा खुमलटारस्थित अफ्नै घरमा निधन भएको थियाे। बाँस्तोलालाई २०६९ पुस १४ गते मोरङ विराटचोकमा कुलपूजा गर्ने क्रममा मस्तिष्काघात भएको थियो। त्यसयता उनी अचेत अवस्थामा थिए। उनका श्रीमती र दुर्इ छोरी छन्। काँग्रेसका पूर्व केन्द्रीय सदस्य तथा पूर्व परराष्ट्रमन्त्री समेत रहेका बास्तोला भारतका लागि पूर्व राजदूत समेत थिए।

यसैबीच कांग्रेसले अाज देशव्यापी रुपमा एकै दिन सबै जिल्ला प्रशासन कार्यालय मार्फत केन्द्र एवं प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने पूर्व निर्धारित कार्यक्रम समेत स्थगित गरेको छ। वर्तमान सरकार गठन भएपछि बजार मूल्यमा भएको वृद्धि र राष्ट्रव्यापी कर आतङ्क तथा चाडपर्वको मुखमा आएर बजार मूल्य झनै चर्को ढंगले बढेको सन्दर्भमा सरकारलाई सचेत गराउँदै मूल्य नियन्त्रणमा दवाव कांग्रेसले एकै दिन ज्ञापनपत्र बुझाउने कार्यक्रम तय गरेकाे थियाे। बाँस्तोलाको निधनका कारण हाललाई कार्यक्रम स्थगित गरिएको कांग्रेसले जानकारी दिएको छ।


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...