Sunday 5th April 2026

बझाङमा जीप दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु, १२ जना घाइते


तितोपाटी – बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् । बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाकाे ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान गएको जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ । प्रहरीका अनुसार दुर्घटनाको कारण खुलेको छैन । डीएसपी धितालले यसबारे अनुसन्धान भइरहेको जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...