Thursday 13th November 2025

मदिरा सेवनको कारण प्रत्येक वर्ष ३० लाख मानिसको मृत्यु


तितोपाटी – सन् २०१६ मा संसारभर मदिरा सेवनबाट ३० लाख मानिसको मृत्यु भएको बताइन्छ, जसमध्ये तीन चौथाइ पुरुष थिए । प्रत्येक २० अकाल मृत्युमा १ को मृत्यु मदिराका कारण भएको छ । विश्व स्वास्थ्य संगठनले हालै मदिरा र स्वास्थ्यका सम्बन्धमा प्रकाशित गरेको ग्लोबल स्ट्याटस रिपोर्ट–२०१८ मा उक्त तथ्य उल्लेख छ ।

रिपोर्टअनुसार संसारभर २ अर्ब ३० करोड मानिस मदिरा पिउँछन् । मदिराका कारण हुने मृत्युमध्ये अधिकांश मृत्यु दुर्घटनामा परेर वा मारपिटमा भएको छ । २८ प्रतिशत मृत्युको कारण यही छ भने पाचनसम्बन्धी गडबडीका कारण २१ प्रतिशतको मृत्यु भएको पाइएको छ । संसारमै सर्वाधिक मदिरा पिउनेमा युरोपेलीहरू अग्रपंक्तिमा छन् ।

त्यहाँका १४ दशमलव ८ प्रतिशत पुरुष तथा ३ दशमलव ५ प्रतिशत महिला मदिराको लतमा छन् । अमेरिकीहरू यसमा दोस्रो नम्बरमा छन् । अमेरिकाका ११ दशमलव ५ प्रतिशत पुरुष तथा ५ दशमलव १ प्रतिशत महिला मदिराको लतमा छन् । दक्षिण–पूर्वी एसिया, पश्चिमी प्रशान्त क्षेत्र तथा दक्षिण अमेरिकी देशहरूमा समेत मदिराको खपत बढ्दो मात्रामा छ ।


सम्बन्धित शीर्षकहरु

कुवेत शहर, नोभेम्बर १० आज कुवेत विगतको जस्तो छैन। यसले विभिन्न क्षेत्रहरूमा द्रुत विकासको चरण देखिरहेको छ, नयाँ कानूनहरू जारी…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको कञ्चनपुर शाखा अध्यक्ष सुरेशसिंह धामीको उपचारका लागि आर्थिक सहयोग गरेको छ। पत्रकार धामीको…

भारतको राजधानी दिल्लीको घना बस्ती भएको जिल्लामा रहेको ऐतिहासिक लाल किल्ला नजिकै कारमा भएको विस्फोटमा  कम्तीमा आठ जनाको मृत्यु भएको…

प्रतिकृयाहरू
...