Tuesday 7th April 2026

मुगुमा बाबुको उपचार खर्चका जुटाउनका लागि ८ र ६ वर्षीय छोराहरू विद्यालय छोडेर मजदुरी काममा


तितोपाटी – जिल्लाको खत्याड गाउँपालिका–१० ह्याङ्लु गाउँका ८ वर्षीय बिनु र ६ वर्षीय महेश चदारा बाबुको उपचारका लागि विद्यालय जान छाडेर दैनिक मजदुरीमा जाने गरेका छन्। उनीहरूका बाबु ३६ वर्षीय रन चदारा ३ वर्षदेखि बिरामी भई हिँडडुल गर्न नसकेपछि उनको उपचार खर्चका लागि आफू अध्ययनरत विद्यालय भवन निर्माण गर्न जाने गरेका हुन्।

बाबुको उपचारका लागि गाउँमा रहेको सहकारी र गाउँलेले १० हजार रुपैयाँ चन्दा उठाएर छिमेकीले जुम्ला अस्पतालसम्म चेक गराउन लगे पनि उपचार हुन नसकेको उनीहरूले बताए। उपचारमा संलग्न चिकित्सकले उनको उपचार सुविधासम्पन्न अस्पतालमा मात्र सम्भव हुने बताएपछि आर्थिक अभावले अन्यत्र उपचार गर्न सकेका छैनन्।

बाबुको उपचारका लागि रकम जम्मा गर्न पढाइ छाडेर उनीहरू सोही विद्यालय भवन निर्माणमा जुटेको बाजे नाता पर्ने मोहनलाल चदाराले जानकारी दिए। आमा अबु चदारा गाउँलेको काम गरेर चार जनाको परिवारलाई बिहान–बेलुकाको छाक टार्ने गर्छिन्। बस्ने घरबाहेक उनीहरूको अरू केही सम्पत्ति नभएको उनले बताए। गाउँ नजिकैको महादेव मावि कक्षा ४ मा अध्ययन गर्ने जेठो बिनु र कक्षा १ मा अध्ययन गर्ने कान्छो छोरा महेश चदारा पढाइ छाडेर विद्यालय भवन निर्माणमा मजदुरी गर्न जाने गरेको स्थानीयले बताए।

-अन्नपुर्णपोष्टबाट


सम्बन्धित शीर्षकहरु

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

प्रतिकृयाहरू
...