Sunday 5th April 2026

सप्तरीमा ७० वर्षीया वृद्धा र १४ वर्षे किशोरी बलात्कृत


तितोपाटी – सप्तरीमा एकै दिन ७० वर्षीया बृद्धा र १४ वर्षीया बालिका बलातकृत भएका छन् । जिल्लाका छुट्टाछुट्टै ठाउँमा छिमिकीबाट ती बृद्धा र बालिका बलात्कृत भएको पीडितलाई उदृत गर्दै प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, राजविराजका अनुसार खड्ग नगरपालिकामा बृद्धा र डाक्नेश्वरी नगरपालिकामा बालिका बलात्कृत भएका हुन् । बलात्कारको आरोप लागेकाहरु फरार रहेको र खोजी भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रबक्ता एवं डीएसपी भावेश रिमालले जानकारी दिए । बृद्धा र बालिका दुबैजना मंगलबार साँझ बलात्कृत भएको र बुधबार प्रहरीलाई जानकारी आएको डीएसपी रिमाले बताए । ‘जानकारी पाएपछि पीडितहरुको मेडिकल जाँच गराइएको र दोषीहरुको खोजीमा जुटेका छौं,’ रिमालले भने ।

परिवारका सदस्यहरु जितिया पर्वमा व्यस्त भएका बेला स्थानीय १८ वर्षीय किशोरबाट बलात्कृत भएको प्रहरीको भनाइ छ । यस्तै ७० वर्षीया बृद्धालाई स्थानीय ४० वर्षीय युवकले डर, त्रास देखाइ बलात्कार गरेको प्रहरीले जानकारी दिएको छ । बलात्कारमा संलग्न दुबैको नाम खुलाइएको छैन् । उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...