Sunday 5th April 2026

धनकुटामा जीप दुर्घटना हुँदा घटनास्थल मै २ जनाको मृत्यु, १४ घाइते


तितोपाटी – जीप दुर्घटना हुँदा धनकुटामा दुईजनाको मुत्यु भएको छ। अाज सोमबार बिहान करि‍ब सवा १० बजे तिर साँगुरीगढी गाउँपालिका- १० आहालेको तम्राङबाट धरानतर्फ गइरहेको को १ ज १८२१ नम्बरको जीप साँगुरीगढी गाउँपालिका-९ हर्दियामा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-१० आहालेकी ३९ वर्षीया सममाया राई र पाँचथर घरभई हाल सोही ठाउँमा बस्ने ६१ वर्षीया माया सुनुवार रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए।

ब्रेक फेल भइ दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरी प्रमुख खड्काले बताए । उनले  घाइते भएका १४ जनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

कुवेतको प्रमुख खुद्रा गन्तव्य लुलु हाइपरमार्केटले टाली, कुवेतको “Buy Now, Pay Later” सेवा प्रदायकसँग साझेदारी गर्दै ग्राहकहरूलाई लचिलो र सुविधाजनक…

नेपाल पत्रकार महासंघ वैदेशिक शाखा कुवेतले महासंघको ७१औं स्थापना दिवस एक विशेष समारोहका बीच मनाएको छ। सो अवसरमा पत्रकारहरूको व्यावसायिक…

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

प्रतिकृयाहरू
...