Sunday 27th July 2025

धनकुटामा जीप दुर्घटना हुँदा घटनास्थल मै २ जनाको मृत्यु, १४ घाइते


तितोपाटी – जीप दुर्घटना हुँदा धनकुटामा दुईजनाको मुत्यु भएको छ। अाज सोमबार बिहान करि‍ब सवा १० बजे तिर साँगुरीगढी गाउँपालिका- १० आहालेको तम्राङबाट धरानतर्फ गइरहेको को १ ज १८२१ नम्बरको जीप साँगुरीगढी गाउँपालिका-९ हर्दियामा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको हो।

दुर्घटनामा मृत्यु हुनेमा साँगुरीगढी गाउँपालिका-१० आहालेकी ३९ वर्षीया सममाया राई र पाँचथर घरभई हाल सोही ठाउँमा बस्ने ६१ वर्षीया माया सुनुवार रहेको ट्राफिक प्रहरी कार्यालय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले बताए।

ब्रेक फेल भइ दुर्घटना भएको हुनसक्ने ट्राफिक प्रहरी प्रमुख खड्काले बताए । उनले  घाइते भएका १४ जनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको जानकारी दिए।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

लन्डन: गाजा पट्टीमा बिरामीहरूको उपचार गर्न स्वयंसेवा गरिरहेका बेलायती स्वास्थ्यकर्मीहरूले इजरायली आक्रमण र सहायतामा प्रतिबन्धका कारण गम्भीर जलेको र छर्राको…

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले संविधानले पनि आफूलाई दलमा आवद्ध भएर राजनीतिमा संलग्न हुन नरोकेको बताएकी छन्। शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना…

प्रतिकृयाहरू
...