Thursday 19th February 2026

उमेरले नेटो काटे पनि अझै एकल बसेका बलिउड नायिकाहरू


तितोपाटी – हालै, थुप्रै बलिउड सेलिब्रिटीले विवाह गरेका छन् वा यसको घोषणा गरेका छन् । यसमा प्रियंका चोपडा र नेहा धुपिया समावेश छन् । यसबाहेक दीपिका पादुकोणको विवाहको चर्चा पनि निकै चुलिएको छ । यस्तोमा बलिउडका केही यस्ता अभिनेत्री पनि छन् जसको उमेर ढल्किसक्दा पनि अहिलेसम्म विवाह भएको छैन ।

सुष्मिता सेनः

सन् १९९४ मा मिस युनिभर्स बनेकी सुष्मिता सेन ४२ वर्ष पुगेकी छिन् । सुष्मिता अहिलेसम्म अविवाहित छिन् । यद्यपी, विभिन्न समयमा उनको अफेयरको चर्चा नभएका होइनन् । उनी निकै लामो समयसम्म रणदीप हुड्डासँग सम्बन्धमा रहिन् । उनले दुई छोरीलाई धर्मपुत्रीको रुपमा पालेकी छिन् ।

तब्बूः

बलिउडको सबैभन्दा प्रतिभाशाली नायिकाको रुपमा चर्चित तब्बू ४६ वर्ष पुगिन् तर उनी अझैसम्म अविवाहित नै छिन् । उनले निर्माता साजिद नाडियाडवालासँग इन्गेजमेन्ट गरेको जुन पछि टुटेको भन्ने चर्चा थियो । यसबाहेक उनी साउथका हिरो नाजार्गुनसँग सम्बन्धमा भएको खबरले पनि चर्चा पाएको थियो ।

अमिषा पटेलः

‘कहो ना प्यार हे’ जस्ता सुपरहिट फिल्मबाट बलिउडमा पाइला टेकेकी अमिषा पटेलको उमेर पनि ४२ वर्ष पुगिसकेको छ । उनी पनि अहिलेसम्म अविवाहित नै छिन् । यद्यपी, उनी फिल्म निर्देशक वि क्रम भट्टसँग सम्बन्धमा भएको खबरले निकै लामो समयसम्म चर्चा पाइरह्यो । अमिषा अहिले पनि आफूलाई सिंगल बताउँछिन् ।

नगमाः

विभिन्न भाषाको फिल्ममा काम गरिसकेकी नायिका नगमा ४३ वर्ष पुगिन् र उनी अहिलेसम्म सिंगल छिन् । उनको भारतीय क्रिकेटका पूर्व कप्तान सौरव गांगुलीसँग सम्बन्ध भएको चर्चा थियो । पछि नगमा राजनीतिमा गइन् र उनले कांग्रेस पार्टी रोजिन् ।

मोनिका बेदीः

ग्यांगस्टर अबू सलेमसँग सम्बन्धका कारण विवादमा रहेकी नायिका मोनिका बेदी ४३ वर्ष पुगिसकेकी छिन् । जेलबाट छुटेपछि मोनिका एकपटक पुनः फिल्म र टेलिभिजनमा फिर्ता हुन कोसिस गरिरहेकी छिन् । उनी अहिलेसम्म सिंगल छिन् ।

साक्षी तंवरः

टेलिभिजन सिरियल ‘कहानी घर घरकी’ बाट चर्चित भएपछि बलिउड फिल्ममा काम गरिसकेकी नायिका साक्षी तंवर ४५ वर्ष पुगिन् तर उनी अहिलेसम्म सिंगल छिन् ।


सम्बन्धित शीर्षकहरु

शेर्पा समुदायले आज विभिन्न कार्यक्रम गरी ग्याल्पो ल्होसार पर्व मनाउँदै छन्। ल्हो अर्थात् वर्ष अनि छार अर्थात नयाँ भनिन्छन् ।…

Bhubaneswar को सुन्दरपाडा क्षेत्रमा जनवरी २७ साँझ भएको शक्तिशाली विस्फोटको सीसीटीभी फुटेज सार्वजनिक भएको छ। फुटेजमा विस्फोटको तीव्रता स्पष्ट देखिन्छ,…

दक्षिण एसियाको पूर्वी भू–भाग फेरि एकपटक रणनीतिक र आर्थिक बहसको केन्द्रमा आएको छ। हालै Muhammad Yunus ले आफ्नो सम्बोधनमा “नेपाल,…

प्रतिकृयाहरू
...