Sunday 27th July 2025

सरकारले ल्याएको सवारी एेन विरूद्ध चालकहरू अान्दोलनमा


तितोपाटी – सरकारले ल्याएको सवारी ऐन चालकमैत्री नभएको भन्दै नेपाल स्वतन्त्र सवारी चालक संघर्ष समितिले सुरु गरेको आन्दोलनका कारण बारा, पर्सालगायतका जिल्लामा यातायात ठप्प भएको छ। चालकलाई अपराधी सरह व्यवहार गरिएको ऐन संशोधनको माग राख्दै समितिले देशभरका चालकलाई यातायात नचलाउन आग्रह गर्दै मंगलबारदेखि आन्दोलनको घोषणा गरेको थियो।

चालकले सवारी साधन नचलाएर आन्दोलनमा उत्रिएपछि राजमार्ग सुनशान देखिएको छ। राजमार्गमा एम्बुलेन्स, प्रेस र मोटरसाइकलबाहेक अन्य सवारी साधन चलेका छैनन्। सरकारलाई दबाब दिनका लागि आफ्नो सवारी साधन घरमै राखेर आन्दोलन गरिएको र चालकलाई अपराधी बनाउने ऐन सच्याउन आफूले माग राखेको समितिका केन्द्रीय संयोजक बसन्त शर्माले जानकारी दिए।

‘हामीले बन्द गरौं भनेर कसैलाई दबाब दिएका छैनौं, सबै चालकको पीडा उस्तै हो। त्यसैले सबैले घरमै गाडी राखेर लागू ऐन संशोधनको माग राखेका छौं, शर्माले भने, ‘नियतबस कसैले दुर्घटना गराउन चाहदैन।तर दुर्घटना भएर कसैको मृत्यु भइहाले चालकले जन्मकैद सजाय भोग्नुपर्ने कस्तो कानुन हो ?’

वर्तमान ऐनले सबै किसिमका सवारी साधनका चालकलाई जन्मकैदसम्मको फैसला हुने व्यवस्था गरेको शर्माको भनाइ छ। शर्माले तत्काल ऐन संशोधन नभए देशभरका सबै किसिमका सवारी साधनका चालक आन्दोलनमा उत्रने बताए ।

समितिका सहसंयोजक अर्जुन अधिकारीले कानुन संसोधन नभए चालक अनुमतीपत्र सरकारलाई बुझाएर पेशा परिवर्तन गर्नुपर्ने अवस्था रहेको बताएका छन्। आन्दोलनका क्रममा गाडी चलाउनेलाई कुनै अवरोध नगरिने भन्दै अधिकारीले आफूहरुको आन्दोलन आफ्नै लागि भएकाले सोचेर अघि बढ्न आग्रह गरे।

आन्दोलनका नाममा सडकमा उत्रने तथा जबरजस्ती सवारी बन्द गर्न लगाउने आफूहरुको कार्यक्रम नरहेको पनि अधिकारीले स्पष्ट पारेका छन्। सवारी थन्क्याएर सिमरामा भेला भएका सवारी चालकले सरकारले कानुन संशोधनको माग पुरा नगरेसम्म आफूहरु गाडीको स्टेरिङमा नबस्ने बताएका छन्।


सम्बन्धित शीर्षकहरु

अर्ध-राज्य आधिकारिक समाचार साइट तस्निमले एक कथित प्रत्यक्षदर्शीको बयान जारी गर्‍यो जसले दाबी गर्‍यो कि "बन्दुकधारीहरू बीस वर्षका तीन जना…

तितोपाटी-पाल्पाली लोक गायक बद्री पंगेनीको तीज कोसेली "पाल्पाली कान्छो झापाली कान्छी" सार्वजनिक भएको छ । बद्री पंगेनी अफिसियल युटयूव च्यानलबाट…

एजेन्सि-थाइल्याण्ड र कम्बोडियाबीचको सीमामा फेरि तनाव बढेको छ। थाइल्याण्डले कम्बोडियामा रहेको सैन्य अखडामा हवाई हमला सुरु गरेको छ। यसअघि बिहीबार…

प्रतिकृयाहरू
...