Sunday 11th January 2026

मोडल तथा अभिनेत्री लिजा बनिन् जुम्ल्याहा छोरीकी अामा


तितोपाटी – मोडल तथा अभिनेत्री लिजा रे विवाह भएको ६ वर्षपछि सरोगेसीको माध्यमबाट दुई छोरीकी आमा बनेकी छन्। छोरीहरूको जन्म जर्जियामा भएको हो। उनले छोरीहरूको नाम सुफी र सोलियल राखेकी छन्।

‘मेरो जीवन धेरै इमोसनले भरिएको छ। म यसलाई शब्दमा बयान गर्न सक्दिनँ। मलाई धेरै कुराको व्यवस्थापन एकै पटक गर्नु परिरहेको छ। मेरो जीवनमा धेरै उतारचढाव आयो’, उनले भनिन्, ‘तर अहिले मेरो जिन्दगीमा आएको परिवर्तन र प्रेमको पूर्ण फाइदा उठाइरहेकी छु। म आफ्ना छोरीहरू आफ्नै घर मुम्बईमा चाँडोभन्दा चाँडो ल्याउन चाहन्छु।’

लिजाका छोरीहरू अहिले साढे तीन महिनाका भए। उनीहरूको जन्म जुनमा भएको हो। लिजालाई २००९ मा ब्लड क्यान्सर भएको थियो। उनले भनिन्, ‘नयाँ प्रविधिका कारण मेरो उत्साह कायम रह्यो र म आमा बन्न सकेँ। मेरो भाग्य साँच्चिकै राम्रो रहेछ।’ एजेन्सी


सम्बन्धित शीर्षकहरु

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

निरेम प्रोडक्सन तथा अल मुल्ला एक्सचेन्जको संयुक्त प्रस्तुतिमा आयोजना गरिएको “Nirem Musical Event 2026” का अवसरमा नेपालबाट आमन्त्रित चर्चित गायक…

ईरानी राजा को वापसी को नारा तेहरान का सडकहरुमा गुन्जन थालेका छन । त्यहाँका राष्ट्रपति ले ईरानमा भईरहेको आन्दोलन सरकारको…

प्रतिकृयाहरू
...