Sunday 28th December 2025

हट स्टोन मसाज के लार्इ भनिन्छ ?


तितोपाटी – जाडोयामका लागि बढी उपयोगी यो मसाजमा, हर्बल ओयलले मालिस गरी, हट स्टोनले सेकेर फेरि मालिस गरिन्छ । एकपटकको मालिस पछि शरीरको पछाडीपट्टिको भागमा जोइन्ट–पोइन्ट पत्ता लगाएर त्यही स्थानमा तातो ढुंगा राखी केही समय सेकिसकेपछि त्यसलाई झिकेर पुन मालिस गरिन्छ ।

हटस्टोन मसाजका फाइदा के–कस्ता छन् ?

प्राकृतिक पद्धतिद्वारा गरिने हट स्टोन मसाजले शरीरलाई मात्र नभएर मस्तिष्क र आत्मालाई समेत तरोताजा र स्फुर्त राख्न सहयोग पुर्‍याउँछ । यसले शरीरको रक्तसंचार बढाउने, तनाव, थकान, अनिद्रा हटाउने, दिमाग र शरीर दुवैलाई चंगा बनाउने काम गर्छ ।

कस्ता व्यक्तिहरूले हट स्टोन मसाज लिनुहुँदैन ?

ज्वरो आएका, छालाको एलर्जी भएका, गर्मी जिउका, भर्खरै अपरेसन गरेका, गर्भवती आदिले यो नगर्दा नै बेस हुन्छ ।

के–कस्ता समस्याका लागि यो उत्तम मसाज हो ?

विशेषत: चिसोले संक्रमण गर्ने शरीर भएका मानिसहरूका लागि फाइदाजनक हुन्छ । त्यसबाहेक दम, बाथ, जोर्नी दुख्ने र करकर खाने समस्या भएकाहरूका लागि यो मसाज अत्यन्तै उपयोगी छ ।


सम्बन्धित शीर्षकहरु

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौं महानगरका मेयर बालेन्द्र साह (बालेन)बीचको राजनीतिक समिकरण निर्णायक चरणमा पुगेको छ। रास्वपा सभापति रवि लामिछाने…

“सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना भएको युवा शक्ति कुवेतले साल्मियाको ब्लक–१० गार्डेन…

ढाका — बंगलादेश राष्ट्रवादी पार्टी (बीएनपी) का कार्यकारी अध्यक्ष Tarique Rahman ले बिहीबार डिसेम्बर २५ मा स्वदेश फर्किएपछि दिएको पहिलो…

प्रतिकृयाहरू
...