Saturday 4th April 2026

तीजको पनि अवार्डः मनिषा र हिमा बने “मिस एण्ड मिसेज तीज नेपाल”


तितोपाटी – मनीषा पौडेल र हिमा गुरुङले यस वर्षको ‘मिस एन्ड मिसेस तीज नेपाल’ को ताज पहिरन सफल भएका छन्।

दक्ष इन्टरनेसनल प्रालिले आयोजना गरेको मिसेस तीज प्रतियोगितामा मनिता कोइराला फस्ट रनरअप र पूजा तामाङ सेकेन्ड रनरअप भए। यस्तै मोस्ट पपुलर पवित्रा रिमाल र भिअर्स च्वाइज सुशीला थापा भए। त्यसैगरी मिस तीज २०७५ को फस्ट रनरअप सेलिना पुन, सेकेन्ड रनरअप कृपा पौडेल, मस्ट पपुलर ममता दास भएका छन्।

विगत केही वर्षदेखि सौन्दर्य प्रतियोगिता आयोजना गर्दै आएको दक्ष इन्टरनेसनल प्रालिले यसपालि हरितालिका तीजको अवसर पारेर मिस एन्ड मिसेस तीजको आयोजना गरेको हो। सौन्दर्य प्रतियोगितामा हास्य कलाकार वसुन्धरा भुसालको प्रमुख अतिथिमा अन्य चारजना आआफ्नो क्षेत्रमा योगदान पु¥याएका व्यक्तित्वलाई सम्मान गरिएको थियो। सम्मानित हुनेमा गायक सीताराम पोखरेल, शान्ता तामाङ, अमिर न्यौपाने, ब्युटिसियन बबिता बुद्धाचार्य थिए।

सौन्दर्य प्रतियोगितामा गायक आनन्द कार्की, गायिका सिन्धु मल्ल, सञ्चारकर्मी सूर्य चन्द, कलाकार रश्मि भट्ट, गायक यमन श्रेष्ठ, मोडल पार्वती राई, सञ्चारकर्मी राजेन्द्र लुइँटेल निर्णायक मण्डलमा थिए।

प्रतियोगीलाई २५ दिन लामो विशेष प्रशिक्षण प्रदान गरिएको थियो। मोडल तथा कोरियोग्राफर आशिष मि श्रले कोरियोग्राफी गरिएको प्रतियोगितामा प्रतिस्पर्धीलाई सञ्चार दक्षता, एमसिइङ, पब्लिक स्पिकिङ, व्यक्तित्व विकासको कक्षा, आत्मविश्वास अभिवृद्धि गराउने कक्षा, मोटिभेसन कक्षा तथा व्यक्तित्व विकाससम्बन्धी विषयमा प्रशिक्षण दिइएको थियो। मिस एन्ड मिसेस तीज आश्विनी झाले सञ्चालन गरेका थिए।


सम्बन्धित शीर्षकहरु

मध्यपूर्वमा जारी युद्धको धुवाँ केवल तेल बजारमा मात्र सीमित छैन, यसको असर अब नेपाली खेतबारी र भान्सासम्म फैलिन थालेको छ।…

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

प्रतिकृयाहरू
...