Thursday 5th March 2026

सन २००९ मा हराएको विशाल पानीजहाज ९ वर्ष पछि फेला पर्यो


तितोपाटी – अघिल्लो हप्ता हिन्द महासागरमा एउटा अनौठो घटना देखियो । ९ वर्षअघि हराएको एक जहाज अचानक म्यानमार नजिक समुद्रमा भेटियो । तर जहाजमा चालक दलका कुनै सदस्य थिएनन् । अहिले आएर संसारभरी यो जहाजको चर्चा भइरहेको छ र यसको बारेमा अलग–अलग अनुमान लगाइदैं छ ।

‘स्याम रताउलांगी पीबी १६००’ जहाज म्यानमारको समुन्द्र तट नजिक खिया लागेको अवस्थामा पाइएको थियो । उक्त मालबाहक जहाजमा न त चालक दलका कोही सदस्य देखिए र न त सामाननै । तर जहाजमा इण्डोनेशियाको झण्डा लागेको थियो ।

यो जहाजको ट्रान्सपोण्डरले सन् २००९मा अन्तिम पटक ताइवान नजिक आफ्नो लोकेशन देखाएको थियो । म्यानमारको समुन्द्री जलक्षेत्रमा अलपत्र जहाज भेटिएको यो पहिलो घटना हो । म्यानमारको व्यापारिक राजधानीको तटबाट करिब ११ कि.मी. टाढा मर्तबानको खाडिमा सबैभन्दा पहिले माछा मार्नेहरुले यो जहाज देखेका थिए ।

यांगून प्रहरीले फेसबुकमा जारी गरेको एक बयानमा माछा मार्ने नाविकहरुले जानकारी दिएपछि जहाजबारे थप जानकारी लिन अधिकारी एवं नौसैनिकहरु जहाजमा गएको उल्लेख छ । बयानमा जहाज अलपत्र अवस्थामा तैरिरहेको भेटिएको बताइएको छ । त्यसमा कुनै नाविकको सामान थिएन ।

संसारभर जहाजको आवतजावतको विवरण राख्ने म्यारिन ट्यारिफ वेबसाइटका अनुसार यो जहाज २००१ मा बनेको थियो ।


सम्बन्धित शीर्षकहरु

एजेन्सि-अमेरिकी रक्षा मन्त्री **Pete Hegseth**ले इरानमाथि गरिएको आक्रमण “शासन परिवर्तनका लागि नभएको” स्पष्ट पारेका छन्। पेन्टागनमा दिएको सम्बोधनमा उनले भने,…

इरानमाथि United States र Israel को आक्रमणपछि सुरु भएको मध्यपूर्वीय द्वन्द्व “अनन्त युद्ध” नहुने तर “केही समय लाग्न सक्ने” इजरायलका…

कुवेती सेनाले सोमबार खाडी देशको सशस्त्र सेनाको "अपरेशन" को क्रममा एक नौसेना सैनिकको मृत्यु भएको बताएको छ। सेनाले सैनिकको मृत्युको…

प्रतिकृयाहरू
...