Saturday 8th November 2025

सन २००९ मा हराएको विशाल पानीजहाज ९ वर्ष पछि फेला पर्यो


तितोपाटी – अघिल्लो हप्ता हिन्द महासागरमा एउटा अनौठो घटना देखियो । ९ वर्षअघि हराएको एक जहाज अचानक म्यानमार नजिक समुद्रमा भेटियो । तर जहाजमा चालक दलका कुनै सदस्य थिएनन् । अहिले आएर संसारभरी यो जहाजको चर्चा भइरहेको छ र यसको बारेमा अलग–अलग अनुमान लगाइदैं छ ।

‘स्याम रताउलांगी पीबी १६००’ जहाज म्यानमारको समुन्द्र तट नजिक खिया लागेको अवस्थामा पाइएको थियो । उक्त मालबाहक जहाजमा न त चालक दलका कोही सदस्य देखिए र न त सामाननै । तर जहाजमा इण्डोनेशियाको झण्डा लागेको थियो ।

यो जहाजको ट्रान्सपोण्डरले सन् २००९मा अन्तिम पटक ताइवान नजिक आफ्नो लोकेशन देखाएको थियो । म्यानमारको समुन्द्री जलक्षेत्रमा अलपत्र जहाज भेटिएको यो पहिलो घटना हो । म्यानमारको व्यापारिक राजधानीको तटबाट करिब ११ कि.मी. टाढा मर्तबानको खाडिमा सबैभन्दा पहिले माछा मार्नेहरुले यो जहाज देखेका थिए ।

यांगून प्रहरीले फेसबुकमा जारी गरेको एक बयानमा माछा मार्ने नाविकहरुले जानकारी दिएपछि जहाजबारे थप जानकारी लिन अधिकारी एवं नौसैनिकहरु जहाजमा गएको उल्लेख छ । बयानमा जहाज अलपत्र अवस्थामा तैरिरहेको भेटिएको बताइएको छ । त्यसमा कुनै नाविकको सामान थिएन ।

संसारभर जहाजको आवतजावतको विवरण राख्ने म्यारिन ट्यारिफ वेबसाइटका अनुसार यो जहाज २००१ मा बनेको थियो ।


सम्बन्धित शीर्षकहरु

लुलु समूहले आगामी बेआउट प्लस मल भित्र नयाँ हाइपरमार्केट खोल्न बेआउट होल्डिङसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ, जसले अल मुतला…

कुवेत एयरवेजले कार्गो र विभिन्न व्यापार आदानप्रदान सेवाहरू बढाउन लुलु हाइपरमार्केट कुवेतसँग संयुक्त सहयोग प्रोटोकलमा हस्ताक्षर गरेको छ। अल-फगान: लुलु…

न्यूयोर्क शहरको मेयरमा जोहरान ममदानीको चुनावी जितको उत्सव मनाउन भारतीयहरूले बुधबार सामाजिक सञ्जालमा उज्यालो छाए, उनले आफ्ना भारतीय मूलका आमाबाबुलाई…

प्रतिकृयाहरू
...