Saturday 4th April 2026

काभ्रेमा १७ वर्षीया किशोरी बलात्कारको अभियोगमा होटल सञ्चालक पक्राउ


तितोपाटी – किशोरी बलात्कारको अभियोगमा काभ्रेमा एक होटल सञ्चालक पक्राउ परेका छन् ।

बनेपाको मुख्य चोक चारदोबाटोमा रहेको अरनिको मिठाइ भण्डारका सञ्चालक २४ वर्षका रामशरण हुमागाईं आइतबार राति आफ्नै होटलमा काम गर्ने किशोरी बलात्कार गरेको अभियोगमा पक्राउ परेका हुन् ।

१७ वर्षकी किशोरीले दिएको जाहेरीको आधारमा इलाका प्रहरी कार्यालय बनेपाले उनलाई पक्राउ गरेको हो । उनीमाथि अनुसन्धानका लागि मंगलबार अदालतबाट ७ दिनको म्याद लिएको प्रहरी निरीक्षक सुनीलजंग शाहले जानकारी दिए ।

सुर्खेत घर भएकी युवती भदौ १२ गते उक्त होटलमा काम गर्न आएकी थिइन् । ९ कक्षामा पढ्ने उनी नियमित काम सकेपछि राति ८ बजेतिर दिदीको कोठामा फर्किदै थिइन् । हुमागाईंले स्कुटरमा लगिदिन्छु भनेर होटलमा लगेर डर धम्की दिएर जबर्जस्ती गरेको उनले जाहेरीमा उल्लेख गरेकी छन् । त्यस दिन राति ११ बजेमात्र उनी दिदी भिनाजुको सम्पर्कमा पुगेकी थिइन् ।

इलाका प्रहररी कार्यालयका इन्सपेक्टर शाहले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । ‘अनुसन्धानबाट दोषी देखिने सबै कारबाही दायरामा आउँछन्’ उनले भनिन् । हुमागाईंलाई जोगाइदिन भन्दै केही जनप्रतिनिधि र नेताहरुले समेत प्रहरीलाई दबाब दिएको स्रोतको भनाइ छ ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...