Friday 16th January 2026

सल्यानमा पहिरो जाँदा एकै परिवारका ३ बालबालिकाको पुरिएर मृत्यु


तितोपाटी – पहिरोले घर पुरिँदा सल्यानमा एकै परिवारका तीत बालबालिकाको पुरिएर मृत्यु भएको छ। सल्यान बागचौर नगरपालिका वडा नम्बर १२ बाँफुखोलाका बालाराम डाँगीको घर पहिरोले पुरिँदा उनका तीन छोराछोरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

घर नजिकैको माटोको ढिस्को खस्दा घरभित्र बसिरहेका बालारामका ८ बर्षिया छोरी ललिता, ६ बर्षिय छोरा ललित र ४ बर्षिया छोरी मेनुका च्यापिएका थिए। आइतवार बेलुका पहिरोले च्यापिएका उनिहरुको सोमवार विहान शब निकालिएको सल्यानका प्रहरी प्रमुख डिएसपी दिलेन्द्रबहादुर शाहीले जानकारी दिए। उनका अनुसार घटनास्थल धेरै दुर्गम स्थानमा पर्दछ।

घटना बारे जानकारी पाएलगत्तै आइतवार बेलुका त्यसतर्फ हिँडेको प्रहरी सोमवार विहान १ वजेतिर घटनास्थल पुगेको थियो। ‘धेरै विकट क्षेत्र रहेकाले पैदल हिँडेरै पुग्नु पर्ने रहेछ’, डिएसपी शाहीले भने ‘राती १ वजेतिर मात्रै प्रहरी घटनास्थलमा पुग्न सफल भयो, तर राती नै उद्दारको काम गर्न सकिएन।’ उनका अनुसार अविरल बर्षासंगै पहिरो खसिरहेकाले राती पुगेको प्रहरीले उद्धार गर्न नसकेको र सोमवार विहान मात्रै तीनै जनाको शव निकालिएको हो।

केही दिनअघि मात्रै सल्यानको बागचौर नगरपालिका वडा नम्बर ४ मा घर भत्कँदा च्यापिएर एकै परिवारका पाँच जनाको मृत्यु भएको थियो।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...