Monday 27th May 2024

काठमाण्डाैंका बिभिन्न धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाइफाइ सेवा संचालन


तितोपाटी – काठमाडौँको हनुमान ढोका, पशुपतिनाथ, स्वयम्भु, बौद्धलगायतका ६ वटा धार्मिक तथा पर्यटकीय स्थलमा फ्रि वाईफाई सेवा सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले आइतबारदेखि हनुमानढोका, पशुपतिनाथ, स्वयम्भू, बौद्ध, बालाजु बाईसधारा उद्यान र शंखपार्कमा फ्रि वाईफाई सेवा सुरु गरेको हो ।

वल्र्ड लिंकको साझेदारीमा शुभारम्भ गरिएको सो सेवाको एक कार्यक्रमबीच उद्घाटन गर्दै काठमाडौं महानगरपालिकका मेयर विद्यासुन्दर शाक्यले महानगरपालिकाको घोषित नीति अनुसार काठमाडौँको मुख्य ६ स्थानहरुमा फ्रि वाईफाई सेवा संचालनमा ल्याइएको बताए ।

उनले काठमाडौँलाई स्मार्ट सिटीको रुपमा विकास गर्न प्रविधिसम्बन्धी अन्य कामलाई तीव्रता दिने प्रतिवद्धता पनि व्यक्त गरे । सो सेवालाई शुभारम्भ गर्न काठमाडौँ महानगरपालिका र वल्र्ड लिंकबीच गत चैत्र १८ गते नै सम्झदारी भएको थियो । यसबीचमा परिक्षण गरेपछि मात्रै सो सेवाको औंपचारिक उद्घाटन गरिएको पनि मेयर शाक्यले जानकारी दिए ।

सो सेवाका लागि महानगरपालिकालाई कुनै पनि आर्थिक दायित्व पर्नेछैन । वल्र्ड लिंकको आर्थिक तथा प्राविधिक व्यवस्थापनका ती स्थानहरुमा फ्रि वाईफाई सेवाको व्यवस्था गरिएको हो । यी क्षेत्रमा मोबाईलमा अटोमेटिक वाईफाई कनेक्ट हुने व्यवस्था गरिएको छ ।

सेवामा सबैको पहुँच पुगोस् भनेर एक पटक वाईफाई चलाउनेले ३० मिनेट सेवा लिएपछि सिस्टमले उसलाई त्यस दिन कनेक्सन हुनबाट रोक्नेछ । तर अर्को एक्सेस प्वाईन्टबाट सो सेवा लिन पाउने व्यवस्था गरिएको वल्र्ड लिंकका आयोजना प्रमुख लक्ष्मण यादवले जानकारी दिए ।


सम्बन्धित शीर्षकहरु

कुवेत - सिटी हाइपरमार्केट साल्मियाहमा एसियाली दूतावासहरूको सहभागितामा कला, पर्यटन र सेवा महोत्सव भव्यताको साथ सम्पन्न भएको छ । सिटी…

(१) चम्किलो रात जुनेली साथ। (२) सोचेर बसें जुनेली कसें। (३) उज्यालो देख्दै जुनेली लेख्दै। (४) मित्रको याद गुलियो स्वाद।…

इण्डियन प्रिमियर लिग (आइपिएल) को यस सिजनको आज फाइनल खेल हुँदैछ । यस सिजनको फाइनलमा उपाधिका लागि कोलकोता नाइट राइडर्स…

प्रतिकृयाहरू
...