Thursday 15th January 2026

अोखलढुंगामा पहिरोले घर पुरिंदा एकै घरका ४ को ज्यान गयो


तितोपाटी – अोखलढुंगाको मेलुङ गाउँपालिका -८ खिम्तीमा पहिरोले घर पुरिँदा एकै परिवारका चार जनाको मृत्यु भएको छ ।

गएराती आएको भीषण पहिरोले स्थानीय ५० बर्षीय पूर्ण बहादुर राईको घर पुरिँदा राई सहित उनका श्रीमती ४० वर्षीया धन कुमारी राई, उनका दिदी ५५ वर्षीया मित्रमाया राई तथा ३ वर्षीय छोराको मृत्यु भएको हो ।

बुधबार मध्यराती घरमाथिबाट झरेको पहिरोले सुतिरहेको अवस्थामा उनीहरु चारैजना पुरिएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ।

घरमाथिबाट खनिएको स्थानीय सडक भत्किएर पहिरो झरेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका प्रमुख प्रहरी नायक उपरीक्षक अनन्तराम शर्माले बताए ।

घरमा बस्दै आएका चारै जनाको सुकेकै ठाँउमा पहिरोले पुरेको हो । स्थानीय र प्रहरीको सक्रियातामा उनीहरुको शव निकालिएको छ । जिल्लामा केही दिनदेखिको निरन्तरको बर्षाका कारण ठाँउठाउँका स्थानीय सडकहरुमा पहिरो जानेक्रम जारी छ ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...