Saturday 4th April 2026

बुटवलमा अाफ्नै विद्यालयकी छात्रामाथि याैन दुर्व्याबहार गरेको अारोपमा प्रिन्सीपल पक्राउ


तितोपाटी – छात्रामाथि यौन दुर्ब्यवहारको आरोपमा बुटवलको एक बोर्डङ स्कुलका प्रिन्सीपल पक्राउ परेका छन् । बुटवल ११ नहरपुरमा रहेको ज्ञानपुञ्ज सेकेन्डरी इंगलिस बोर्डिङ स्कुलका प्रिन्सीपल तोयाराम पौडेललाई इलाका प्रहरी कार्यालय बुटवलले नियन्त्रणमा लिएको हो ।

स्कुलको होस्टेलमा बस्ने कक्षा १० कि छात्रामाथि अभद्र ब्यवहार गर्ने, गोप्य अङ्गहरु छुने, छात्राहरूलाई राती एक्लै बोलाएर बलात्कारको प्रयाससम्म गर्ने गरेको आरोप अभिभावक र स्थानीयले लगाएका छन् ।

ती छात्राले आफ्ना आमाबुबासंग प्रिन्सीपल पौडेलले गरेको दुर्ब्यवहार बारेमा बताएपछि बुधबार स्थानीयले विहानैदेखि विरोध प्रदर्शन र नाराबाजी गरेका छन् । स्थानीयको प्रदर्शनका कारण विहानैदेखि विद्यालय परिसरमा तनाव उत्पन्न भएको छ ।

आक्रोशित प्रदर्शनकारीले विद्यालयमा तोडफोडको समेत प्रयास गरेपछि ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

घटनाको अनुसन्धान गर्न बाँकी नै रहेको र विद्यालयका प्रिन्सीपललाई नियन्त्रणमा लिइएको प्रहरी निरीक्षक अमर थापाले बताए ।

अभिभावकले घेरेपछि विद्यालयमा पठनपाठन हुन सकेको छैन भने विद्यालय बन्द गरिएको छ । विद्यालयमा १ हजारभन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।

प्रिन्सीपल पौडेलले भने आफूलाई फसाउन खोजिएको बताएका छन् । ‘मलाइ फसाउने षडयन्त्र गरिएको छ, यो बिल्कुलै गलत कुरा हो, अभिभावकले विद्यालयमा कुनै पनि गुनासो गरेका छैनन्, केही मान्छेहरुको उक्साहटमा यस्तो भएको हो’ इलाका प्रहरी कार्यालय बुटवलमा रहेका उनले भने ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...