Saturday 2nd August 2025

राैतहट डुंगा दुर्घटना अपडेटः २ जनाको शव भेटियो, ५ अझै वेपत्ता


तितोपाटी – रौतहटको गौर नगरपालिका–४ स्थित टीकुलिया घाटमा शनिबार साँझ भएको डुङ्गा दुर्घटनामा परि बेपत्ता मध्ये दुई जनाको शव फेला परेको छ । ५ जना अझै हराइरहेका छन् ।

औरैयाका ३५ वर्षीय रुनादेवी पटेल र गौर नगरपालिका–४ टीकुलियाकी शान्ती देवीको शवभारतको शिवघर जिल्ला जमुवा घाटमा फेला परेको प्रहरीले जनाएको छ।

उक्त घटनामा २४ जना पौडिएर बाच्न सफल भएकाछन्। उनीहरु स्थानीय प्रशासनको सम्पर्कमा आइसकेका छन्। खेतीबाट काम गरेर फर्किदै गर्दा पुलको पिलरमा ठाेक्किएर डुङ्गा डुबेको थियो।

अाइतबार बिहान १० बजेसम्म हराइरहेका ५ जना बारे जानकारी नअाएकाे र खाेजी जारी रहेकाेप्रमुख जिल्ला आधिकारी गोविन्दप्रसाद रिजालले बताए।उनीहरुकाेखोजीमा भारतीय सीमा सुरक्षा बलको टोली समेत खटिएकाे छ। अहिले दुर्घटनाग्रस्त डुङ्गा बाहिर निकाल्ने प्रयास भइरहेको छ।


सम्बन्धित शीर्षकहरु

गैरआवासीय नेपाली संघ कुवेतले यहि अगस्त ४ तारिक नवौं महाधिवेशन गर्ने भएको छ। एन आर एन ए केन्द्र नै फुटेर…

तितोपाटी -पाल्पामा क्रियाशील ७ राजनीतिक दलले सरकारलाई पत्र मार्फत ध्यानाकर्षण गराएका छन। जिल्ला प्रशासन कार्यालय पाल्पा मार्फत बढ्दो महंगी, भ्रस्टाचार…

कुवेत शहर, जुलाई ३१ एक ठूलो कारबाहीमा, कुवेतको आपराधिक सुरक्षा क्षेत्रले, जसको प्रतिनिधित्व सामान्य लागूऔषध नियन्त्रण विभाग ( GDDC )…

प्रतिकृयाहरू
...