Saturday 4th April 2026

निर्मला हत्या प्रकरणमा पीडित परिवारलार्इ १० लाख क्षतिपुर्ति, खुनालार्इ सहिद घोषणा र एसपी बिष्ट पनि छानविनमा


तितोपाटी – कञ्चनपुरमा बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया निर्मला पन्तको परिवारलाई सरकारले राहतस्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ । त्यसैगरी उक्त घट्नाको विरोधमा प्रदर्शनमा सहभागी हुँदा प्रहरीको गोली लागी मारिएका किशोर शनि खुनालाई सहिद घोषणा गरेको छ ।

शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको हो। बैठकले घटनाप्रति भर्त्सना गर्दै पन्तको परिवारलाई उक्त आर्थिक सहायता दिने निर्णय गरेको बैठकपछि सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए।

गत साउन ११ गते भगतपुरस्थित साथीको घरमा पढाइको गृहकार्य गर्न गएकी भीमदत्तनगर नगरपालिका वडा नं २ निवासी कक्षा ९ मा अध्ययनरत पन्तको शव स्थानीय उखुबारीमा भेटिएको थियो।

खुना शहीद

निर्मलाको हत्या प्रकरणमा प्रहरीले नक्कली हत्यारा खडा गरेको भन्दै भएको प्रदर्शनमा भदौ ८ गते प्रहरीको गोलीलागि मृत्यु भएका १४ वर्षीय शनि खुनालाई शहीद घोषणा गरिएको छ। उनको परिवारालाई पनि राहतस्वरुप १० लाख रुपैयाँ दिने निर्णय गरेको छ।

साथै उक्त घट्नामा घाइते भएकाहरुको सरकारले निःशुल्क उपचार गराउने र घाइतेमध्ये अङ्गभङ्ग भएकालाई आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरेको छ।

एसएसपी विष्टलगायत छानविनमा

घटना भएको समयमा कञ्चनपुरमा कार्यरत प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई निलम्बन गरिएको तथा प्रहरी नायब उपरीक्षक र मुद्दा फाँटका प्रहरी निरीक्षकलाई समेत फिर्ता बोलाइ छानबिनको दायरामा लिइएको मन्त्री बाँस्कोटाले बताए।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...