Thursday 15th January 2026

पोखरामा मृत भेटिएकी पुष्पाको बलात्कार पछि हत्या भएको स्थानीयको दाबी


तितोपाटी- मृत भेटिएकी पोखरा–१९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बलात्कारपछि हत्या भएको दाबी स्थानियले गरेको छन् । घटनाको प्रकृति हेर्दा बलात्कारपछि नै हत्या हुन सक्ने देखिएको उनीहरुले बताए ।

पुष्पाले लगाएको स्कर्ट शव भन्दा केही टाढा भेटिएको र योनीबाट रगत समेत आएको अवस्थामा शव भेटिएको स्थानीयले बताए । रगत रोक्नको लागि प्याड समेत प्रयोग गरेको देखिएको प्रत्यक्षदर्शीको भनाई छ । यद्दपी घटनाको थप अनुसन्धान नगरी केहि भन्न नसकिने प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिएकाले पोष्टमार्टमपछि मात्र सबै थाहा हुने बताए ।


सम्बन्धित शीर्षकहरु

आज माघ महिनाको पहिलो दिन अर्थात् माघे सङ्क्रान्ति पर्व देशभर हर्षोल्लासका साथ मनाइँदै छ। सूर्य आज धनु राशिबाट मकर राशिमा…

नेपाली कांग्रेसको नयाँ केन्द्रीय कार्य समिति गठन भएको छ। पार्टीको हालै सम्पन्न महाधिवेशनबाट गगन कुमार थापा सभापतिमा निर्वाचित भएका छन्।…

संयुक्त राज्य अमेरिकाले नेपालसहित ७५ देशका नागरिकका लागि आप्रवासी (Immigrant) भिसा प्रक्रिया स्थगित गर्ने निर्णय गरेको छ। अमेरिकी विदेश मन्त्रालयले…

प्रतिकृयाहरू
...