Saturday 4th April 2026

पोखरामा मृत भेटिएकी पुष्पाको बलात्कार पछि हत्या भएको स्थानीयको दाबी


तितोपाटी- मृत भेटिएकी पोखरा–१९ लामाचौरकी १३ वर्षीया पुष्पा केसीको बलात्कारपछि हत्या भएको दाबी स्थानियले गरेको छन् । घटनाको प्रकृति हेर्दा बलात्कारपछि नै हत्या हुन सक्ने देखिएको उनीहरुले बताए ।

पुष्पाले लगाएको स्कर्ट शव भन्दा केही टाढा भेटिएको र योनीबाट रगत समेत आएको अवस्थामा शव भेटिएको स्थानीयले बताए । रगत रोक्नको लागि प्याड समेत प्रयोग गरेको देखिएको प्रत्यक्षदर्शीको भनाई छ । यद्दपी घटनाको थप अनुसन्धान नगरी केहि भन्न नसकिने प्रहरीले जनाएको छ ।

कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङले पुष्पाको शरिरमा बाहिरी चोट पटक नदेखिएकाले पोष्टमार्टमपछि मात्र सबै थाहा हुने बताए ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...