Wednesday 8th April 2026

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले सरकारी खर्च कम गर्न विलासिता त्यागे


तितोपाटी – पाकिस्तानका प्रधानमन्त्री इमरान खानले प्रधानमन्त्री निवास छाडेका छन् । खान सोमबारबाट तीन वटा बेडरुम भएको सामान्य घरमा बस्न थालेका हुन् ।

उनले आफूसँग सैन्य सुरक्षाका साथै दुई कामदार लगेका छन् । जबकी प्रधानमन्त्री निवासमा कर्मचारी मात्र ५२४ जना थियो । सरकारी खर्च कम गर्ने आफ्नो पूर्व योजना अनुसार नै खानले प्रधानमन्त्री निवासमा नबस्ने निर्णय लिएका हुन् ।

खानले बानागालास्थित आफ्नै घरमा बस्न चाहेका थिए । तर, सुरक्षा एजेन्सीहरुले त्यहाँ सुरक्षा खतरा रहेको बताएपछि सैन्य सुरक्षा भएको घरमा बस्न थालेका हुन् । ‘म त बानागाला छाड्न चाहन्नथेँ’ खानले भनेका छन्, ‘तर, यसका लागि बाध्य भएँ ।’

प्रधानमन्त्रीका लागि ३३ वटा वुलेटप्रफ कार थियो । खानले भने २ वटा मात्र प्रयोग गर्ने भएका छन् ।

बाँकी कार छिट्टै लिलामी गर्ने योजना अघि सारेका छन् । यसबाट आएको रकम राज्यकोषमा जम्मा हुनेछ । साथै सरकारी खर्च कटौतीका लागि डा. इस्रत हसनीको नेतृत्वमा समिति नै बनाउने प्रधानमन्त्री खानले बताएका छन् ।


सम्बन्धित शीर्षकहरु

गत महिना नेपालमा नयाँ प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा युवा सांसदहरूले भरिएको संसद गठन हुँदा बंगलादेशकी युवा कार्यकर्ता उमामा फतेमाले यसलाई…

कुवेतको विद्युत, पानी तथा नवीकरणीय ऊर्जा मन्त्रालयले अप्रिल ५ देखि ११, २०२६ सम्म देशका विभिन्न क्षेत्रमा प्रत्येक दिन ४ घण्टाको…

राज्यका उच्च निकाय, प्रभावशाली राजनीतिक वृत्त र ठूला व्यापारिक घरानासँग जोडिएका अनियमितता तथा सार्वजनिक सम्पत्तिको दुरुपयोगका घटनालाई उजागर गर्दै पत्रकार…

प्रतिकृयाहरू
...