Saturday 4th April 2026

सुर्खेतमा १४ वर्षीया छोरीलार्इ बलात्कार गरेको अारोपमा बाबु पक्राउ


तितोपाटी – छोरी बलात्कार गर्ने बुवालाई प्रहरीले पक्राउ गरेको छ। १४ वर्षीया छोरी बलात्कार आरोपमा ३४ वर्षीय जंगबहादुर सुनारलाई प्रहरीले सोमबार वीरेन्द्रनगरबाट पक्राउ गरेको हो।

तीन–चार महिनादेखि स्कूलमा आएर पढ्न मन नगर्ने, रुने, डराउने गर्न थालेपछि सोधपुछ गर्दै जाँदा बालिकाले आफूमाथि बलात्कार हुने गरेको बताएकी थिइन्।

प्रहरीका अनुसार सुनार बालिकाका झड्केलो बाबु हुन्। बैशाखदेखि आफूमाथि नियमित बलात्कार हुने गरेको बालिकाले बताएकी छन्। सुनारले कसैलाई भने ज्यानमार्ने धम्की दिने गरेका थिए। प्रहरीले सोमबार जिल्ला अदालतबाट म्याद थपेर अनुसन्धान थालिएको बताएको छ।


सम्बन्धित शीर्षकहरु

५० वर्षभन्दा बढी समयपछि नासाले फेरि मानवसहितको चन्द्र अभियान सुरु गरेको छ। आर्टेमिस–२ को सफल प्रक्षेपण केवल एउटा अन्तरिक्ष मिशन…

नेपालका परराष्ट्रमन्त्री शिशिर खनाल र पोर्चुगलका परराष्ट्रमन्त्री पाउलो रंगेलबीच भएको टेलिफोन संवादलाई सामान्य शिष्टाचार वार्ताको रूपमा मात्र हेर्न मिल्दैन। यो…

भारतको नेपालसँगको सीमा यति खुकुलो छ कि काम, अनौपचारिक व्यापार र सामाजिक अन्तरक्रियाका लागि मानिसहरूको आवागमनले घरेलु र विदेशी मामिलाहरू…

प्रतिकृयाहरू
...