Saturday 18th October 2025

थाइराइड के हो ? थाइराइड हुनुका कारण, लक्षण र उपचार


तितोपाटी – थाइराइड भनेको एउटा ग्रन्थि हो, जुन घाँटीमा श्वासनलीको बाहिरपट्टि रहेको हुन्छ र यो पुतलीको आकारको हुन्छ । यसलाई गलगाँड पनि भनिन्छ । यो ग्रन्थिको काम थाइराइड हर्मन उत्पादन गर्नु हो । यो हर्मन रगतमा घुल्दछ र हामो शरीरलाई स्फूर्तिलो बनाउन मद्दत गरिरहेको हुन्छ ।

यसले ऊर्जालाई स्फूर्त रूपमा सञ्चालन गर्दछ । शरीरका लागि यो अत्यावश्यक हर्मन हो । जव यस्तो ग्रन्थीले हर्मोन उत्पादन गर्न नसक्दा वा हर्मोनमा गडवढी हुँदा समस्या निम्तने गर्छ । आजभोलि थाइराइडका बिरामी निकै बढेका छन् । यस्तो समस्या लिएर अस्पताल पुग्नेहरुको संख्या पनि उल्लेख्य छ । चिकित्सकहरूकाअनुसार समयमै उपचार गरे यसको सहज समाधान छ ।

थाइराइड कसरी हुन्छ ?
-यो वंशाणुगत समस्या हो । त्यसैले परिवारको कुनै सदस्यमा समस्या भएमा पछिल्लो पुस्तामा यस्तो समस्या हुन सक्छ ।

-गर्भमा रहँदा पनि थाइराइडको समस्या देखिन्छ ।

-डिप्रेसन, क्यान्सर, कुनै औषधिको साइड इफेक्टका कारणसमेत थाइराइड हुन्छ ।

थाइराइडको लक्षणः

-थकान र कमजोरी ।

-कपाल झर्ने, फुल्ने,

-छोटो समयमै शरीरको तौलमा भारी परिवर्तन आउने,

-डिप्रेसनमा जाने,

-धेरै गर्मी वा अत्याधिक जाडो हुने,

-स्किन डिजिजको समस्या निम्तने ।

थाइराइडको उपचार

-परीक्षणपश्चात् थाइराइड ग्रन्थिको रोग देखिए तत्कालै विशेषज्ञ चिकित्सकको सल्लाहअनुसार उपचारमा लाग्नुपर्छ ।

-रेडियो एक्टिभ, आयोडिन तथा एन्टिथाइराइड औषधि र शल्यक्रिया (हाइपर थाइराइडिज्मका लागि) र थाइराइड हर्मोन चक्की (हाइपो थाइराइडिज्मका लागि)लगायतका विभिन्न रासायनिक हर्मोनको प्रयोगले यसको प्रभावकारी उपचार हुन्छ ।

-आवश्यकताअनुसार विशेष तथा लाक्षणिक उपचार हुन्छ ।

-यस प्रकारको रोगबाट बच्ने एक मात्र उपाय भनेको समय–समयमा थाइराइड हर्मोनको रक्तपरीक्षण गर्ने र रोग भएमा समयमै उपचार गर्नु नै हो ।

-त्यस्तै, आयोडिनयुक्त नुनको प्रयोग, अनावश्यक रूपमा एक्सरे, सिटिस्क्यान आदि पटक–पटक नगर्ने, तनाव, चिन्ता र हतासलाई न्यूनीकरण गर्ने, धेरै चिया, कफी तथा चुरोटको प्रयोग नगर्ने, सक्रिय जीवनशैली अवलम्बन गर्नुपर्छ ।


सम्बन्धित शीर्षकहरु

कुवेतमा क्रियाशील तमु (गुरुङ) समाज कुवेतले आगामी जनवरी २, २०२६ (शुक्रबार) का दिन तमु ल्होछार (ल्होसार) सांस्कृतिक कार्यक्रम भव्य रूपमा…

अन्तर्राष्ट्रिय झापाली समाजको प्रतिनिधि टोलीले आज झापाको भद्रपुरस्थित एयरपोर्ट होटलमा नेपाल सरकारका ऊर्जा, जलस्रोत तथा सिंचाइ, भौतिक पूर्वाधार तथा यातायात,…

नेपाल कुवेत सरोकार समाजले आफ्नो पाँचौं अधिवेशन आगामी अक्टोबर ३१ (शुक्रबार) का दिन आयोजना गर्ने भएको छ। समाजका अनुसार अधिवेशन…

प्रतिकृयाहरू
...