Tuesday 13th January 2026

मोनिका घले बनिन् ‘ मिस नेपाल नर्थ अमेरिका २०१८’


तितोपाटी – मोनिका घले न्युयोर्कमा सम्पन्न प्रथम नेपाल नर्थ अमेरिका २०१८ को बिजेता घोषणा भएकी छिन् । प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ का लागि अन्तिम १७ प्रतियोगीहरुको छनौटका क्रममा घले विजयी बनेकी हुन् ।

त्यस्तै प्रथम मिस नेपाल नर्थ अमेरिका २०१८ को प्रथम बिजेता सुजाता लामा तथा द्वितीय श्रीजना राई घोषणा भएकी छन ।

गत अगस्त ६ तारिखबाट छनोट सुरु भएको उक्त प्रतियोगिता ११ तारिखमा विजेता घोषणा गरिएको हो । अन्तिम १७ जना प्रतियोगीहरुमा छनौट हुने प्रतियोगीहरु अमेरिकाका विभिन्न राज्यहरु,मेक्सिको र क्यानडाबाट समेत सहभागिता भएका थिए ।

पहिलो चरणमा १७ जना प्रतियोगीहरु सहभागीमध्ये दोस्रो चरणमा १० जना पुगेका थिए । दोस्रो चरणमा पुगेका १० मध्ये अन्तिम चरणमा पुगेका ५ मध्ये मिस नेपाल नर्थ अमेरिका २०१८ की बिजेता ,प्रथम विजेता तथा द्वितीय विजेता घोषित गरिएको थियो ।

सन २०१० कि मिस नेपाल सदिक्षा श्रेष्ठले सम्पूर्ण कोरियोग्राफ सम्बन्धमा तालिम तथा मिस टुरिजम इन्टरकन्टिनेन्टल २०१८ तथा मिस वुमेन न्यू योर्क २०१७ कि मिस फतेना क्वासेमले तालिम दिएका थिए ।


सम्बन्धित शीर्षकहरु

निरेम प्रोडक्सनको आधिकारिक ब्यान्ड नेप्टोन ब्यान्ड (NepTone Band) को नयाँ गीत “अल्झेछु म” सार्वजनिक भएको छ। राज मल्लको निर्देशनमा तयार…

बुल्गेरियाका रहस्यमय दृष्टिविहीन बाबा वांगाले सुनको दरको बारेमा गरेको भविष्यवाणी पछि, नयाँ वर्षको अर्को भविष्यवाणी सत्य हुने संघारमा देखिन्छ। बाबा…

इरानको राजधानी तेहरानमा जारी विरोध प्रदर्शनका क्रममा २० भन्दा बढी मस्जिद, बैंक र सार्वजनिक संरचनामा आगजनी तथा तोडफोड भएको इरानी…

प्रतिकृयाहरू
...