Wednesday 24th September 2025

झापामा श्रीमतीलार्इ बलात्कार गरेको अारोपमा श्रीमान पक्राउ


तितोपाटी – झापामा श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन् ।

बिर्तामोड नगरपालिकाकी २२ वर्षीय युवतीले आफ्नो श्रीमानले बलात्कार गरेको उजुरी दिएपछि श्रीमानलार्इ पक्राउ गरिएको हो ।

श्रीमातीले जाहेरीमा श्रीमानले इच्छा विपरित यौन सम्पर्क राख्ने गरेको उल्लेख गरेकी छिन् । उनले श्रीमान् १०/१२ दिन हराउने, अनि आएर सम्पर्क राखेपछि फेरि हराउने गरेको पनि जनाएका छिन् ।

इलाका प्रहरी कार्यालय, बिर्तामोडका प्रमुख डिएसपी कृष्ण कोइरालाका अनुसार पक्राउ परेका श्रीमानलार्इ वैवाहिक बलात्कारको मुद्दा दायर गरिएको छ ।

थप अनुसन्धान भइरहेको उनले बताए ।


सम्बन्धित शीर्षकहरु

काठमाडौं: पूर्व प्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा रहेको नेपालको अन्तरिम सरकारले यस महिना भएको भ्रष्टाचार विरोधी प्रदर्शनका क्रममा भएको हिंसाको छानबिन…

नेपालीहरुको महान पर्व बडादशैं आजबाट सुरु भएको छ । आज पहिलो दिन घटस्थापना हो । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि…

लेबनानी स्वास्थ्य मन्त्रालयले आइतबार दक्षिणी लेबनानमा इजरायली ड्रोन आक्रमणमा तीन बालबालिकासहित कम्तीमा पाँच जनाको मृत्यु भएको जनाएको छ। राज्यद्वारा सञ्चालित…

प्रतिकृयाहरू
...